वार्ता हुन अझै केही दिन लाग्ने


  • March 2, 2015


वार्ता हुन अझै केही दिन लाग्ने

काठमाडौं । प्रमुख दलहरूबीच औपचारिक वार्ता हुन अझै केही दिन लाग्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चार दिनका लागि उपत्यका बाहिर गएकाले संवाद हुन केही दिन लाग्ने भएको हो । एउटा मेडिकल कलेजको उद्घाटन गर्न झापा जानुअघि प्रहरीसँगको झडपमा घाइते भएका पोलिटब्युरो सदस्य गंगाकुमार श्रेष्ठलाई भेटेपछि दाहालले सरकारले वातावरण बनाउनेबित्तिकै वार्ता सुरु गर्ने बताए ।

उनले सरकारले शान्तिपूर्ण जुलुसमा हस्तक्षेप गरी वार्ताका लागि सकारात्मक नदेखिएको बताए । ‘वार्ताको वातावरण बनाउने हो या फेरि आन्दोलन गराउने जिम्मा सरकारको हातमा छ,’ उनले भने, ‘प्रक्रियालाई संवाद समितिबाट लाने हो भने हामी वार्ताका लागि जतिबेला पनि तयार छौं ।’ दाहाल झापाको कार्यक्रमपछि चितवनसम्मका कार्यक्रममा सहभागी भएर राजधानी फर्कने छन् ।

प्रमुख दलका दोस्रो तहका नेताबीच अनौपचारिक कुराकानी भने जारी रहने छ । अनौपचारिक छलफलबाट आकार लिएपछि मात्र औपचारिक वार्तामा बस्नु उपयुक्त हुने नेताहरूको भनाइ छ । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
329 views

सम्बन्धित समाचारहरु