Saturday, July 13, 2024

संविधान सभा असफल हुन दिन्नौ : देउवा


  • March 1, 2015


संविधान सभा असफल हुन दिन्नौ : देउवा

नेपालगन्ज । नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान सभालाई असफल हुन नदिने बताएका छन्। सहमति नभएपनि प्रक्रियाको माध्यमबाट संविधान सभाले संविधान बनाएरै छाड्ने उनको भनाई छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेडको आठौ केन्द्रिय महाधिवेशनको आइतबार नेपालगन्जमा उद्घाटन गर्दै देउवाले भने, ‘सहमति गर्न नचाहने र बहुमतीय प्रक्रियामा पनि नआउनुले माओवादी नेतृत्वको मोर्चा संविधान निर्माणमा जिम्मेवार नभएको प्रष्ट भएको छ ।’ पहिलो संविधान सभाले संविधान बनाउन नसकेको प्रसंङ्ग निकाल्दै उनले संकटकाल लगाएर संविधान सभाको आयु थप्न आफुले गरेको प्रस्तावलाई अस्वीकार गरी बाबुराम भट्टराईको सरकारले स्वतः विघटन गराएको आरोप लगाए । ‘त्यतिबेला संकटकाल लगाएर संविधान सभाको आयु थपेको भए संविधान बनाउन सम्भव थियो,’ देउवाले भने ‘उतिबेला माओवादीकै कारण विघटन भयो, माओवादी अहिलेपनि संविधान सभालाई असफल पार्ने प्रयासमा छ ।’ लोकतन्त्रको चर्का नारा लगाउने माओवादी र मधेशी दलले जनताको अभिमत विपरित संविधान सभालाई बन्धक बनाउने काम गरिरहेको देउवाले आरोप लगाए । ‘संविधान निर्माणका लागि सहमती गर्न हामी तयार छौं, माओवादी र मधेशवादी दल सहमतिबाट झन्–झन् टाढा भाग्दैछन,’ उनले थपे ‘सधैभरी संविधान सभा बन्धकमा रहन सक्दैन। हामी संविधान सभालाई कुनैपनि हालतमा असफल हुन दिदैनौ ।’ संविधान निर्माण गर्न बहुमतीय प्रक्रिया बाहेक अरु विकल्प नरहेको उनले जोड दिए ।


NEPAL NEWS Team
359 views

सम्बन्धित समाचारहरु