बाघको छाला र आखेटोपहारमा संलग्न ३ जना पक्राउ


  • March 1, 2015


बाघको छाला र आखेटोपहारमा संलग्न ३ जना पक्राउ

भीमदत्तनगर । शनिबार एकाबिहानै बाघको छाला र आखेटोपहारसहित दुई नेपालीलाई पक्राउ गरेको प्रहरी अनुसन्धान टोलीले राती सोही तस्करीमा संलग्न थप एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरको पुनर्बास नगरपालिका–८ माछापुछे« टोलीका ३१ वर्षीय खड्कबहादुर खड्का र पुनर्बास–१० त्रिभुवनबस्तीका ३२ वर्षीय रामबहादुर रोकायालाई पक्राउ गरेको थियो ।
भारतको सम्पूर्णानगरबाट बाघको छाला र आखेटोपहार पुनर्बास पुर्याएर भाग्दै गरेका भारतीय नागरिक बन्स रानालाई अनुसन्धान टोलीले राती पक्राउ गर्न सफल भएको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताए । उनका अनुसार भारतबाट उक्त सामान ल्याउने तीन अभियुक्त अझै फरार छन् । उनीहरुबाट टोलीले नौ फिल लामो र २१ किलो आखेटोपहार पक्राउ नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार अभियुक्त र बरामद गरिएको छाला र आखेटोपहार थप कारबाहीका लागि जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाउने जनाएको छ ।
उनीहरुलाई राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला वन कार्यालयका वन अधिकृत पशुपति कोइरालाले जानकारी दिए । प्रहरीको सोही अनुसन्धान टोलीले केही महिनाअघि पनि कञ्चनपुरको बेलौरी र दोधारा चादँनीबाट बाघको छाला र अखेटोपहारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको छ ।


NEPAL NEWS Team
322 views

सम्बन्धित समाचारहरु