एमालेको स्थायी समिति बैठक आज


  • March 1, 2015


एमालेको स्थायी समिति बैठक आज

काठमाडौं । पार्टी विधान अनुसार मनोनित गर्नुपर्ने पाँच वैकल्पिक सदस्यका बारेमा निर्णय लिन आइतबार एमालेको स्थायी समितिको बैठक बस्दैछ । नेताहरुका बीचमा सहमति हुन नसकेर लामो समय देखि अन्यौलमा परेको कार्यबिभाजनको प्रस्तावमा बारेमा पनि छलफल हुने सकेको छैन । बल्खुस्थित पार्टी मुख्यालमा दिउँसो एक बजेका लागि बोलाइएको स्थायी समिति बैठकमा मनोनय गर्नुपर्ने पाँच वैकल्पिक सदस्यहरुको टुंगो लगाउने गरी छलफल हुने पार्टी सचिव युवराज ज्ञावालीले जानकारी दिए । हालसम्म ती सदस्यहरुको टुंगो लागि नसकेको र आइतबार बस्ने बैठकले टुंगो लगाउन सक्ने अपेक्षा गरिएको उनले बताए । यस्तै उनका अनुसार आइतबारको बैठकमा नेताहरुको कार्य विभाजन गर्ने विषयमा छलफल हुने सम्भावना छैन । पार्टी भित्र देखिएका गुटगतका कारण यस अघि मनोनय गरिएका केन्द्रीय, पोलिट्व्युरो र स्थायी समिति सदस्यहरुमा जस्तै अब मनोनित गर्न बाँकी रहेका यी वैकल्पिक सदस्यहरु पनि नेताहरुबीच भागबन्डा मनोनित गर्ने तयारी एमालेले गरेको छ । आइतबार स्थायी समितिको बैठक बस्नु अघि मध्यान्ह १२ बजे केही दिन अघि मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको सचिव ज्ञावालीले जानकारी दिए । गएको बुधबार बसेको स्थायी समिति बैठकले केन्द्रीय सदस्यहरुमा कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कल्याणि खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरेलाई मनोनित गरेको थियो । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सपथ गराउन लागेका हुन् ।


NEPAL NEWS Team
260 views

सम्बन्धित समाचारहरु