बिकास समिति र सुसासन समितिको संयुक्त बैठक बस्दै


  • March 1, 2015


बिकास समिति र सुसासन समितिको संयुक्त बैठक बस्दै

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणमा भइरहेको ढिलासुस्ती बारे छलफल गर्न संसदको सुशासन तथा अनुगमन समिति र विकास समितिको संयुक्त बैठक बस्दैछ । समितिको संयुक्त बैठकमा अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्की, योजना आयोगको उपाध्यक्ष मन्त्रीहरु मुख्य सचिव र राष्ट्रिय सतर्कता केन्द्रका सचिव तथा अन्य मन्त्रालयका सचिवहरु गरेर १६ जनालाई बोलाइएको छ ।
यति धेरैजनालाई बोलाएर एकै दिन बोलाएर दुईपवटा समितिले अनौठो बैठक गर्न लागेको टिप्पणी भएको छ । समितिका सदस्य रहेका सभासदहरुले पनि बोल्न समय लिन्छन् । एमाओवादीले संसदीय समितिहरु बहिष्कार गरेकाले अहिलेसम्म बैठकमा आएका छैनन् । १६ गते पछि एमाओवादीले बहिष्कारलाई निरन्तरता दिएन भने दुईटा समितिका गरी डेढ सयजना भन्दा धेरै सभासद् हुनेछन् । बैंठक ११ वजेपछि सिंहदरवारमा बस्नेछ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई धर्मसंकट पर्ने निम्ता संसदले पठाएको छ । उनलाई १७ गते हुने दुईटा संसदीय समितिको संयुक्त बैठकमा बोलाइएको हो । संसद सचिवालय स्रोतका अनुसार धर्म संकट परे पनि अख्तियार प्रमुख कार्की १७ गतेको बैठकमा आफै आउन लागेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरुको हुने ढिलासुस्ती, विनियोजित स्रोत साधनको अनियमितता हुन नदिने सम्बन्धमा सम्बद्ध सरकारी अधिकारीको भूमिका र जिम्मेवारीबारे छलफल गर्न दुइटा समितिको संयुक्त बैठक बस्न लागेको हो । यस अघि अर्थ समिति, कृषि तथा जलस्रोत समिति र विकास समिति गरी तीनवटा समितिको संयुक्त बैठक बसेको थियो ।


NEPAL NEWS Team
214 views

सम्बन्धित समाचारहरु