Wednesday, March 27, 2024

भारतले नेपाललाई दिने अनुदान घटायो


  • March 1, 2015


भारतले नेपाललाई दिने अनुदान घटायो

काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्ष २०१५/१६ मा दिने अनुदान कटौती गरेको छ । नेपालले प्राप्त सहयोगलाई अपेक्षित रुपमा खर्च गर्न नसकेपछि अनुदान कटौती गरिएको अनुमान छ । यो वर्ष भारतले ६ अर्ब ७२ करोड रुपैयाँ चार अर्ब २० करोड भारु अनुदान सहयोग घोषणा गरेको हो ।
भारतका केन्द्रीय वित्तमन्त्री अरुण जेट्लीले शनिबार लोकसभामा सार्वजनिक गरेको २०१५/१६ को युनियन बजेटमा नेपाललाई गैरयोजना ननप्लान अन्तर्गत विदेश मन्त्रालयमार्फत खर्च हुने गरी सो अनुदान दिइने उल्लेख गरिएको छ ।
भारतले गत वर्ष २०१४/१५ मा सात अर्ब २० करोड रुपैयाँ साढे चार अर्ब भारु अनुदान दिने घोषणा गरेको थियो । त्यसमध्ये चार अर्ब ८० करोड तीन अर्ब भारु मात्रै खर्च हुने अनुमान बजेटमा गरिएको छ । कारोबार तथा अभियान दैनिकमा खबर छ ।


NEPAL NEWS Team
241 views

सम्बन्धित समाचारहरु