देशभर जिल्ला कब्जा गर्ने प्रचण्डको चेतावनी


  • February 28, 2015


देशभर जिल्ला कब्जा गर्ने प्रचण्डको चेतावनी

काठमाडौँ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दल सहमतिमा नआए देशभर जिल्ला जिल्लामा जनताले कब्जा गर्ने चेतावनी दिएका छन्। उनले वार्ताका लागि बहुमतीय प्रक्रियालाई रद्द गरी बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद समितिबाटै संविधानका अन्तर्वस्तुमा सहमति खोज्ने प्रक्रिया सुरु गर्नुपर्ने शर्त राख्दै भने, ‘बल अब कांग्रेस–एमाले कै कोर्टमा छ। संवाद समितिमा फर्काए भोलि नै वार्ता हुन्छ।’
बहुमतीय प्रक्रिया नसच्याए परिणाम भोग्न तयार रहन उनले चेतावनी दिए। ‘अझै पनि एमाओवादी र प्रचण्डलाई देखाउँछौँ भन्नुभयो भने कसले देखाउँछ हेर्नुहोला भोलि आफू उत्तेजित नभएको भन्दै गरे पनि उनले आक्रोशपूर्ण अभिव्यक्ति दिने क्रममा भने, सहमति नभए ुअब राजधानीमा सभा होइन, जिल्ला जिल्लामा जनताले आफ्नो अधिकारको प्रयोग गरी कब्जा गर्न थाल्नेछन्। अन्तरिम संविधान, शान्ति सम्झौता गरिएका शक्तिसँग सहमतिकै आधारमा संविधान बन्छ भन्ने सुनिश्चितता गर्नुपर्ने र संविधानसभा बाहिर भएका दलहरुलाई पनि सहमतिमा लिएर संविधान बनाउने बाटोमा आउनु पर्ने बताउँदै उनले त्यसो नभए सत्ता हातमा लिने चेतावनी दिए, अबको कार्यक्रम घोषणा भएपछि जनताले पूरै सत्ता हातमा लिने अवस्था आउनसक्छ।


NEPAL NEWS Team
202 views

सम्बन्धित समाचारहरु