३० दलीय प्रदर्शनप्रति आयोगको चासो


  • February 27, 2015


३० दलीय प्रदर्शनप्रति आयोगको चासो

काठमाडौं । तीस दलीय गठबन्धनले शनिबार राजधानीमा गर्ने भनेको विरोध प्रदर्शनको विषयलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले उपत्यकाका सुरक्षा निकाय प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा तीस दलीय गठबन्धनका प्रतिनिधिहरूसँग आज बेग्ला बेग्लै छलफल गरेको छ ।
छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले शान्तिपूर्वक विरोध प्रदर्शन गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न तथा विरोध प्रदर्शनका क्रममा शान्ति–सुव्यवस्था कायम गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको आयोगले जनाएको छ ।
यसैगरी विरोध प्रदर्शनमा आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा अनुगमन टोलीहरू परिचालन गरिने पनि जनाइएको छ ।
छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले शान्ति–सुव्यवस्था कायम गर्ने कार्यमा आपूmहरू हरसम्भव प्रयासरत रहेको जानकारी दिएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी, बेग्लै छलफलमा तीस दलीय गठबन्धनका प्रतिनिधिहरूले नागरिकको अधिकार रक्षाका लागि आपूmहरू विरोध प्रदर्शनमा जुटेको र विरोधको कार्यक्रम शान्तिपूर्ण एवम् संयमित हुने बताउनुभयो ।
छलफल कार्यक्रममा तीस दलीय गठबन्धनको तर्पmबाट वर्षमान पुन, हृदयेश त्रिपाठी, झक्कुप्रसाद सुवेदी, शालिकराम जम्मरकट्टेल र पासाङ शेर्पा उपस्थित थिए ।
सुरक्षा निकायसँगको छलफलमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक जीवन थापा, महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमकुमार कार्की, जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुष्पचन्द्र रञ्जित तथा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक विकास श्रेष्ठ उपस्थित थिए ।
सो अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू क्रमश: एकनारायण अर्याल, यादव कोइराला र अनिलकुमार ठाकुर पनि उपस्थित थिए ।


NEPAL NEWS Team
243 views

सम्बन्धित समाचारहरु