पिडितले एसिड आक्रमाणरीको परिचय नदिंदा अप्ठ्यारोः प्रधानमन्त्री


  • February 27, 2015


पिडितले एसिड आक्रमाणरीको परिचय नदिंदा अप्ठ्यारोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एसिड आक्रमणमा परेका किशोरीहरुले आक्रमणकारीहरुको नाम नभनेका कारण पक्राउ गर्न नसकिएको बताएका छन् । आज विभिन्न विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कोइरालाले पिडितले आक्रमणकारीको परिचय दिए तत्काल पक्राउ गरिने प्रतिवद्धता जनाए ।
उनले माया प्रेममा कुरा नमिल्दा घटना भएको हुनसक्ने भन्दै किशोरीहरुले नाम भनिदिए आक्रमणकारीहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्ने बाटो खुल्ने बताए । उनले किशोरीहरुले चिनेको छैन भनेका कारण प्रहरीलाई आक्रमणकारीको पहिचान गर्न गाह्रो परिरहेको बताए ।
गएको आइतबार काठमाडौको वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरभित्र पढिरहेको अवस्थामा एसएलसीको तयारी गरिरहेका सीमा बस्नेत र संगिता मगरमाथि एसिड प्रहार गरिएको थियो । घटना भएको ६ दिन हुँदा पनि प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।
प्रधानमन्त्री कोइरालाले आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न सरकार तयार रहेको तर त्यसका लागि आक्रमणकारीको बारेमा किशोरीहरुले जानकारी दिएर सहयोग गर्नुपर्ने बताए ।


NEPAL NEWS Team
240 views

सम्बन्धित समाचारहरु