उखुको मूल्य तोक्न उद्योग मन्त्रालयलाई सरकारको निर्देशन


  • February 26, 2015


उखुको मूल्य तोक्न उद्योग मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौं । मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । ओलम्पियन संगिना वैद्यलाई १५ लाख रुपैयाँ दिने निर्णय पनि भएको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले छिट्टै उखुको समर्थन मूल्य तोक्न मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि सूचना तथा सन्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । उखुको मूल्य नतोकिएको भन्दै किसानहरु आन्दोलनमा छन् । चिनी उद्योगीहरुले प्रतिक्वीन्टल ४ सय ७६ रुपैयाँ भन्दा धेरै दिन नसकिने बताए पनि किसानहरुले ५ सय २५ रुपैयाँ दिनुपर्ने माग गर्दै आएका छन् ।
विगतमा उत्पादन लागत बढे अनुसार मूल्य पनि बढाउने सहमति भएको भन्दै किसानहरुले अघिल्लो बर्षको भन्दा १५ प्रतिशत बढी मूल्य तोकिनु पर्ने माग गरेका छन् । मूल्य तोक्नेबारे उखु किसान, उद्योगी र उद्योग मन्त्रालयका प्रतिनिधिहरुबीच यसअघि पटक पटक भएका वार्ता असफल हुँदै आएका छन् । मन्त्रिपरिषद बैठकले यमराज पाण्डेलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै मन्त्रीपरिषदको बिहिबार बसेको वैठकले तेक्वान्दो खेलाडी संगिता वैद्यलाई १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागी हुने पहिलो खेलाडी भएकालाई वैद्यलाई सम्मान गर्न रकम दिन लागिएको हो । खेलबाट ४ वर्षअघि सन्यास लिएकी वैद्य अहिले तेक्वान्दो प्रशिक्षक बनेकी छन् । त्यस्तै मन्त्रीपरिषद् वैठकले नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा यमराज पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले दुईजना उपरथी, सहायक रथी र महासेनानी बढुवा गर्ने निर्णय पनि गरेको सन्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।


NEPAL NEWS Team
310 views

सम्बन्धित समाचारहरु