काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा


  • February 26, 2015


काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा

काठमाडौं । पश्चिमवायुका प्रभावले अहिले देशका अधिकांश भागमा वर्षा भइरहेको छ। पश्चिम नेपालका केही ठाउँंमा हिमपात समेत भएको छ । राजधानी उपत्यकामा बिहान नौ बजेदेखि वर्षा सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकासहित पश्चिम नेपालका डडेलधुरा, सुर्खेत, दाङ, दिपायलका क्षेत्रमा वर्षा भइरहेको छ ।
भिजिविलिटी कमी भएपछि बिहीबार बिहानका आन्तरिक उडान पनि अवरुद्ध भएका छन् । मौषमविद पौडेलले भने, ‘भिजिवलिटीमा केही सुधार आउन थालेको छ, तर पानी पर्ने सम्भावना भने छ ।’ उनका अनुसार ठूलो र लामो झरी हुने होइन, तर वर्षा भने देशका धेरै जसो भूभागमा हुन सक्ने देखिएको छ ।


NEPAL NEWS Team
281 views

सम्बन्धित समाचारहरु