एसिड प्रहार गर्नेको स्केच सार्वजनिक


  • February 25, 2015


एसिड प्रहार गर्नेको स्केच सार्वजनिक

काठमाडौं । प्रहरीले गत आईतबार काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमण गर्नेको स्केच बुधबार सार्वजनिक गरेको छ । स्थानीय तथा आसपासका अन्य व्यक्तिको बयान र पीडितले दिएको जानकारीका आधारमा आक्रमणकारिलाई स्केच बनाएर खोजी तीव्र पारेको प्रहरीले जनाएको छ । सो घटनाका बारेमा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले चासोदेखाउपछि प्रहरीले स्केच सार्वजानिक गरेको हो । महानिरिक्षक अर्यालले सो घटनाका दोषि पक्राउ गर्न ढिला भएपछि हनुमानढोका गएर घटनाको अनुसन्धान बारेमा जानकारी लिएका थिए । प्रहरीले स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरिरहेको जनाएको छ । घटनाको तीन दिनपछि प्रहरीले प्रत्यक्षदर्शीले दिएको जानकारी आधारमा स्केच तयार पारेको हो । पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केचमा सम्भावित आक्रमणकारी मंगोलियन अनुहारको छ । आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरिरहेको जनाएको छ । यही वर्ष एसएलसी दिने तयारीमा रहेका रामेछाप घर भई वसन्तपुर बस्ने १६ वर्षीय सङगीता मगर एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । संगिताको छाती, पेट र खुट्टा पोलेको छ । सीमाको अनुहारमा एसिड प्रहार गरिएको थियो । गम्भीर घाइते भएकी सिमालाई काठमाण्डौ सिनामङ्गल स्थित के एम सी अस्पतालमा उपचार भइरहेको छ ।


NEPAL NEWS Team
355 views

सम्बन्धित समाचारहरु