‘संवैधानिक निकायमा भागबण्डा नहोस’


  • February 25, 2015


‘संवैधानिक निकायमा भागबण्डा नहोस’

लाहन । राष्ट्रपति रामवरण यादवले संबैधानिक निकायको नियुक्तिमा भागबण्डा नगर्न राजनीतिक दललाई सचेत गराएका छन् । उनले संवैधानिक परिषद्ले स्वतन्त्र निकायको नियुक्तिमा राजनीतिक भागबण्डा मिलाएर काम गर्नु उचित नहुने दलहरुलाई संझाएका हुन् । सिरहा सदरमुकामस्थित चन्द्र उच्च माध्यमिक विद्यालयको शतबाषिर्कोत्सव कार्यक्रममाराष्ट्रपति यादवले भने– ‘स्वतन्त्र निकायमा राजनीतिक भागबण्डा नगर्न परिषद्का पदाधिकारीलाई सचेत गराउँछु ।’ संबैधानिक अंगहरुको पदाधिकारीमा इमान्दार, सक्षम, स्वतन्त्र, राष्ट्र र जनताप्रति समर्पित तथा जस्तोसुकै अबस्थामा तटस्थ रहने योग्य ब्यक्तिलाई नियुक्त गर्नुपर्ने स्पष्ट पारे । चन्द्रनिगाहपुरस्थित कृष्णप्रणामी मन्दिरको स्वर्णमहोत्सव कार्यक्रममा राष्ट्रपति संबैधानिक निकायको नियुक्तिमा दलहरु भागबण्डामा लागेकोप्रति असन्तुष्टि पोखेका थिए । उनले भने– ‘सविधानमा स्पष्ट किटान गरेको छ, संबैधानिक निकायमा निष्पक्ष मानिस हुनु पर्छ भनेर । तर, दलहरु त्यस्तो निकायमा समेत भागबण्डा गर्दैछन् ।’
सबैधानिक निकायहरु सर्वोच्च अदालत,लोकसेवा आयोग,निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परिक्षक जस्तो निकायमा दक्ष, सक्षम,ईमान्दार र निष्पक्ष देशप्रति ईमान्दार मान्छे चाहिन्छ भन्ने लेखिएको हुँदा हुँदै पनि दलहरु भागबण्डामा लागेकोमा राष्ट्रपतिले चिन्ता गरे । लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा नियुक्तीका लागि आज संवैधानिक परिषदको बैठक बस्दैछ । मंगलवार बसेको परिषदको बैठकमा दलहरुका बीचमा भागबण्डा मिल्न नसक्दा नियुक्तीको सिफारिस हुन सकेको थिएन् । लोकसेवा आयोग खाली भएको दुई साता बित्न लाग्दा समेत दलहरुका बीचमा भागबण्डा मिल्न नसक्दा संवैधानिक परिषद बैठक दुई पटक निष्कर्षविहिन भएको छ । राष्ट्रपति डा यादवले दलहरुका बीचको भागबण्डाका कारण शिक्षा क्षेत्र अस्त व्यस्त भएको समेत बताए । उनले भने–‘राजनीतिक भागबण्डाकै कारण शिक्षा क्षेत्रमा बेथिति निम्तिएको छ ।’ उनले पूर्नस्थापित संसदलाई पनि आफुले शिक्षामा रानीतिक भागबण्डा नगर्न सचेत गराउदा नमानेको स्पष्ट पारे । राष्ट्रपतिले भने– ‘अहिले शिक्षा क्षेत्रको हाल हेर्नुस्, गाबिस जस्तै विद्यालयमा भइरहेको विद्यालयलय ब्यबस्थापन समितिको निर्बाचन नरोकिएसम्म विद्यालयको शैक्षिक वातावरणमा सुधार हुदैन ।’ उनले विद्यालय ब्यबस्थापनको जिम्मेबारी सामाजिक ब्यक्तिहरुलाई दिनु पर्ने सुझाए ।
संवैधानिक परिषदको बैठक बस्न लागेका बेलामा राष्ट्रपति यादवले नेताहरुलाई नियुक्तीमा भागबण्डा भन्दा पनि संविधानको लागि एकजुट हुन आग्रह गरे । उनले भने– ‘मैले बारम्बार भन्ने गरेको छु, जति सक्दो चाडो जनतालाई सविधान दिनुस ।’ उनले अन्तरिम संबिधानमा नै राजनीतिक समझदारी र सहमतिको कुरो उल्लेख भएकाले सबै दललाई मिलेर चाँडो भन्दा चाँडो सहमतिमा गई देश र जनतालाई संबिधान प्रदान गर्न आग्रह गरे । ‘सबै राजनीतिक दल मिलेर साझा बिन्दु राष्ट्र हितका लागि निर्माण गरेर यो दोस्रो संबिधान सभाले नै संबिधान दिनु पर्छ,’ उनले भने, ‘संबिधान निर्माण प्रक्रियामा धेरै विवादित विषय मिलिसकेको र सबै दलले सर्बोत्तम राष्ट्र हितलाई ख्याल गरि विवादित विषय संघीयतामा सहमति गर्नु पर्छ ।’ उनले देशमा धेरै दिन राजनीतिक तरलता रहे शासन र प्रशासन बिग्रिदै जाने भएकोले छिटो संबिधान जारी गर्न आग्रह गरे ।


NEPAL NEWS Team
256 views

सम्बन्धित समाचारहरु