नयाँ गभर्नर खोज्न सिफारिस समिति बन्यो


  • February 24, 2015


नयाँ गभर्नर खोज्न सिफारिस समिति बन्यो

काठमाडौं । सरकारले राष्ट्रबैंकमा गर्भनर नियुक्तीको प्रक्रिया सुरु गरेको छ । गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिमा पूर्वगभर्नर हिमालय शमसेर जबरा र अर्थविद पार्थिवेश्वर तिमल्सिना सदस्य छन् । हालका गभर्नर युवराज खतिवडाको कार्यकाल चैत्रको पहिलो साता सकिँदैछ ।

यसैबीच मन्त्रीपरिषदले नेपाली सेनाको रथीमा राजेन्द्रबहादुर क्षेत्रीलाई बढुवा गरेको छ । क्षेत्रीलाई अब प्रधानसेनापति बन्ने बाटो खुलेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेसँगै क्षेत्रीलाई भावी प्रधानसेनापति बन्ने बाटो खुलेको हो । यसअघि भावी प्रधानसेनापतिको लाइनमा पवनबहादुर पाण्डेको नामसमेत चर्चामा थियो । उनको अवकास पछि क्षेत्री प्रधानसेनापतिको एक्लो दाबेदार बनेका छन् ।
यसैवीच मंगलबार सम्पन्न मन्त्रिपरिषद बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणलाई पनि बढुवा गरी विकास निर्माण स्थपति निर्देशनालयमा पदस्थापन गरेको छ । नरेश बस्नेतले अवकाश पाएपछि सो पद रिक्त थियो । संगितज्ञ अम्बर गुरुङको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गुरुङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको हो । यस्तै कानुन सुझाव आयोगको सदस्यमा अधिवक्ताहरु विजया अर्याल, बलबहादुर राई र दूर्गा अर्याल नियुक्त भएका छन् ।
त्यस्तै खुला विश्वविद्यालयको कार्यकारी निर्देशकमा राजेश अग्रवाल नियुक्त भएका छन् । उदयपुर सिमेन्टको महाप्रवन्धकमा सुरेन्द्र पौडेल र उच्चस्तरीय प्रशासन सुधार सुझाव आयोगको अध्यक्षमा काशिराज दाहाल नियुक्त भएका छन् । यसअघि आयोगको अध्यक्षमा कृष्णहरि बास्कोटा थिए । उनी हाल सूचना आयोगमा छन् ।


NEPAL NEWS Team
233 views

सम्बन्धित समाचारहरु