सिमरा जारी आन्दोलन रोकियो


  • February 24, 2015


सिमरा जारी आन्दोलन रोकियो

विरगंज । सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्रको स्थापना हुनुपर्ने माग गर्दै जारी आन्दोलन स्थागित भएको छ । सिमरा मालपोत स्थापना सरोकार समितिले आन्दोलन स्थगित भएको घोषणा गरेको हो । आन्दोलन रोकिएको जानकारी भएपछि राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । समितिको नेतृत्वमा हुँदै आएको आन्दोलन मंगलबार बिहान १० बजेदेखि स्थगीत भएको हो । आफ्ना मागहरू वार्ताको माध्यमबाट सरकारबाट सम्बोधन गरिने आश्वासन आएकोले धनजनको क्षति हुन सक्ने सम्भावनालाई ख्याल गर्दै आम हड्तालसँगै चक्काजाम लगायतका कार्यक्रमहरु स्थगित गरिएको समितिले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
मंगलवार नै वार्ता टोलीसँगै प्रधानमन्त्री कार्यालयमा डेलिगेशन जाने निर्णय समेत गरिएको समितिका एक पदाधिकारीले जनाए । सिमरा बजार र विद्यालय तथा आसपासका उधोगहरु समेत खुल्न थालेका छन् ।
सोमबार स्थानीय प्रशासनको दमनकारी नीति अख्तियार गर्नुले पनि आन्दोलनको निरन्तरताबाट अवस्था हिंसात्मक भइरहेको अवस्थालाई ख्याल गर्दै आन्दोलनको स्वरुप फेरेको समितिका सदस्य कृष्ण पौडेलले बताए। अब आन्तरिक दबाब र वार्ताबाट माग पूरा गराउने संघर्ष गर्ने उनले बताए ।


NEPAL NEWS Team
315 views

सम्बन्धित समाचारहरु