Thursday, March 28, 2024

५० हजार घुससहित वन अघिकृत रंगेहात पक्राऊ


  • February 24, 2015


५० हजार घुससहित वन अघिकृत रंगेहात पक्राऊ

बाग्लुङ । जिल्ला बन अधिकृत बाग्लुङका अधिकृत र सहायक बन अधिकृत घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । काठमाडौंबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई घुस लिँदालिँदै रंगेहात पक्रेको हो । स्थानिय फर्निचन व्यवसायीहरुसंग घुस लिदा लिदै जिल्ला वन बाग्लुङका अधिकृत सरोजकुमार पाण्डे र इलाका बन कार्यालय बाग्लुङका सहायक वन अधिकृत टिकाराम पन्त पक्राउ परेका हुन् । उनीहरुले फर्निचर व्यवसायीबाट जनही २५ हजार घुस लिएका थिए । सोमबार राति बाग्लुङको एक होटलमा घुस लेनदेन हुन लागेको सूचनाको आधारमा काठमाडौंबाट अख्तियारको टोली परिचालित भएको थियो । गोप्य सूचनाको आधारमा परिचालित टोलीले दुबैजनालाई सेवाग्राहीबाट लिएको घुस सहित पक्रेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
अख्तियारले छापा मार्दा दुवैजना मदिरा सेवन गरेको अवस्थामा फेला परेका थिए । रंगेहात पक्राउ परेका दुवैजनालाई पत्रकारको रोहवरमा खानतलासी गरिएको थियो । पन्तले भने आफू निर्दोष रहेको र आफूसँगै रहेका बाग्लुङका यमप्रसाद रिजालले रकम राखिदिन भनेकाले राखेको बयान दिएका छन् । अख्तियार टोलीले रिजाललाई पनि नियन्त्रणमा लिएको छ ।


NEPAL NEWS Team
244 views

सम्बन्धित समाचारहरु