चितनवका होटल व्यवसायी आन्दोलनमा, एक हजार होटल बन्द


  • February 23, 2015


चितनवका होटल व्यवसायी आन्दोलनमा, एक  हजार होटल बन्द

चितवन । प्रहरीले होटलमा छापा मारेको बिरोधमा चितवनका होटल व्यवसायीले आन्दोलन थालेका छन् । शनिबार प्रहरीले चितवनका दर्जनौ हाटेलमा छापा मारेर यौन व्यवसाय गरेको आरोपमा दर्जनौ जोडिलाई पक्रया गरेको थियो । होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्ला भित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताएको छ ।
प्रहरीले छापा मार्दा केहि श्रीमान श्रीमति परेको थिए उनिहरुसंग प्रहरीले माफि त माग्यो बाँकी यौन कार्यका लागि नै हाटेलमा बसेको प्रहरीले दावी गरेको थियो । सुरक्षितरुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै आजदेखि चितवनका होटल ब्यवसायीले आन्दोलन सुरु गरेका छन् मुग्लिनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकालसम्मको लागि बन्द गरिएका छन् । संघका जिल्ला अध्यक्ष डासीराम ढकाल अनाबश्यक दुःख दिएकाले होटल बन्द गरेको बताउँछन् । होटल बन्दबाट करोडौको क्षति हुनेछ । बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यको विरुद्वमा आन्दोलनमा उत्रनु परेको बताए ।


NEPAL NEWS Team
183 views

सम्बन्धित समाचारहरु