कोइराला सरकार र पार्टीको दुवै मोर्चामा असफल भएको देउवा पक्षको आरोप


  • February 23, 2015


कोइराला सरकार र पार्टीको दुवै मोर्चामा असफल भएको देउवा पक्षको आरोप

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पार्टी र सरकार दुबै मोर्चामा असफल भएको निष्कर्षका साथ वरिष्ठ नेता शेरबहादुर देउवाले पक्षीय सदस्यहरुले संगठित रुपमै उनको आलोचना गरेका छन् । सरकार बनेको १ वर्षसम्म मौन रहेको वरिष्ठ नेता देउवा पक्षीय समूहले पूर्वप्रतिबद्ता ताअनुसार कोइरालाले माघ ८ मा संविधान जारी गर्न नसकेको, स्थानीय निकायको निर्वाचन नगराएको, कतैपनि सरकारको प्रभावकारिता नदेखिएको, पार्टीमा भ्रातृ संस्थाको अधिवेशन नगराएको, कार्यकाल सकिदा पनि पार्टीका विभाग र समितिहरुलाई पूर्णता नदिएको जस्ता मुद्धा उठाएर उनको आलोचना सुरु गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा यिनै विषय उठाएर देउवा पक्षीय सदस्यहरु कोइरालाविरुद्ध खनिएका थिए ।कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
239 views

सम्बन्धित समाचारहरु