सिमराबासीद्धारा प्रहरी बिटमा आगजनी


  • February 22, 2015


सिमराबासीद्धारा प्रहरी बिटमा आगजनी

बारा । प्रहरी र स्थानीयबासीवीच झडपका कारण आज बिहानैदेखि बाराको सिमरा बजारमा तनाव सृजना भएको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि सिमरा वजारमा तनाव देखिएको हो । आम हड्तालमा उत्रिएका स्थानीय र प्रहरीवीच आइतबार बिहानैबाट सिमरामा झडप भइरहेको छ । प्रहरीले बिहानै आन्दोलनकारीलाई तितर–वितर पार्न दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ । सिमरामा भुमिसुधार नापि र मालपोत कार्यालयको एकीकृत सेवा केन्द्र स्थापना गर्ने सरकारले निर्णय गरेपनि सदरमुकाम कलैबासीको बिरोधपछि सो निर्णय फिर्ता लिएको थियो । सरकारले सो निर्णय फिर्ता लिएपछि सिमराबासी आन्दोलनमा उत्रिएका छन् । आक्रोशित आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । एउटा मोटरसाइकल पनि आन्दोलनकारीले तोडफोड गरेका छन् ।
आमड्तालका कारण आइतबार पनि बिहानैबाट सिमरा क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् । बजार र शिक्षण संस्थासमेत बन्द छन् । सिमरा बजार अहिले आन्दोलनकारीको कब्जामा छ । आन्दोलनकारीले आम हड्ताल आहृवान गरेपछि तीन दिनदेखि यस क्षेत्रको जनजीवन प्रभावित हुँदै आएको छ ।


NEPAL NEWS Team
174 views

सम्बन्धित समाचारहरु