राजनीतिक गतिरोध कायम नै , सत्तापक्ष र विपक्षी नाडी छाम्दै


  • February 21, 2015


राजनीतिक गतिरोध कायम नै , सत्तापक्ष र विपक्षी नाडी छाम्दै

काठमाडौ । सत्तापक्ष र विपक्षी यतिबेला एकअर्काको नाडी छाम्ने मेलोमा छन् । विपक्षीले फागुन १६ मा राजधानी केन्द्रित शक्ति प्रदर्शन गर्न लागेकाले अनौपचारिक वार्ता अघि बढ्न सकेको छैन । अनौपचारिक रूपमा भने दलहरू सहमति नजिक पुगेर पनि पछि हटेको माघ ५ को विन्दुु बाट छलफल सुरु भएको छ । सबैभन्दा बढी विवादित संघीयताका विभिन्न विकल्पमा छलफल अघि बढेको छ ।

संघीय प्रदेशमा सहमति गरेर जाने, त्यस्ता प्रदेश ६ वा ७ हुने, संघीय प्रदेशको नाम र सीमांकन सम्बन्धित प्रदेशलाई दिने, झापा, मोरङ र सुनसरी एवं सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्ला मिलाउन आयोग बनाउने वा पहाडसँग जोड्ने, बढी विवाद भए केन्द्रद्वारा शासित हुनेलगायत विकल्पमा छलफल थालिएको हो । शासकीय स्वरूप, निर्वाचन र न्यायप्रणालीमा दलहरूबीच यसअघि नै सैद्धान्तिक सहमति बनेको छ ।
दाहालले दबाबबिना सहमति हुन मुस्किल रहेको बताए । उनी राजधानीमा ठूलो शक्ति प्रदर्शन गरी कांग्रेस, एमालेमाथि दबाब सिर्जना गर्ने सुरमा छन् । प्रधानमन्त्री सुशील कोइरालासँगको अनौपचारिक कुराकानीपछि उनी केही आश्वस्त पनि देखिएका छन् ।

सत्ता पक्षले भने विपक्षीहरूको फागुन १६ को शक्ति प्रदर्शन सशक्त नहुने ठानेको छ । त्यसपछि विपक्षीहरू आफ्नो हैसियत बुझेर वार्तामा र्फकने उसको बुझाइ छ ।
एमाओवादीका नेताहरू फागुन १६ गतेतर्फ केन्द्रित छन्, त्यसैले सहमति बनिहाल्ने अवस्था देखिइसकेको छैन ।

नागरिक समाजका प्रतिनिधिहरूले गत साता सबै दलका शीर्ष नेताहरूलाई भेटी कम्तीमा संवादमा आउन आग्रह गरेका थिए । उनीहरूलाई एमाओवादी अध्यक्ष दाहालले संविधानसभा बैठकको मिति नतोकिए संवादमा बस्न तयार रहेको जवाफ दिएका थिए । उनीहरूकै अगाडि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन कुराकानी गरेका थिए ।


NEPAL NEWS Team
522 views

सम्बन्धित समाचारहरु