बिरोधले संविधान रोकिदैन : उपाध्यक्ष भण्डारी


  • February 20, 2015


बिरोधले संविधान रोकिदैन :  उपाध्यक्ष भण्डारी

धनकुटा । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकृत नेकपा माओवादीलगायत दलको बिरोध र आन्दोलनले संविधान निर्माण प्रक्रिया नरोकिने दावी गरेकी छन् । एमाले धनकुटाको छैठौँ जिल्ला कमिटिको प्रतिनिधि परिषद् वैठकको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भण्डारीले कुनैपनि हालतमा संविधान जारी भएरै छाड्ने दृढता व्यक्त गरिन् । एमाओबादीको स्वार्थका आधारमा संविधान निर्माण प्रकृयालाई रोक्न नमिल्ने भन्दै उनले जनभावना अनरुपको संविधान निर्माण हुने बताइन् ।
काँग्रेस, एमालेले सहमतिका लागि गरेको प्रयासलाई कमजोरी ठानेर घुर्काइरहेको भन्दै उनले एमाओवादीसहितको मोर्चाका लागि अब सहमतिमा आउनुको बिकल्प नरहेको जिकिर गरिन् ।


NEPAL NEWS Team
212 views

सम्बन्धित समाचारहरु