विश्व शान्ति र फैलाउने आफ्नो लक्ष्य : प्रधानमन्त्री कोइराला


  • February 20, 2015


विश्व शान्ति र फैलाउने आफ्नो लक्ष्य : प्रधानमन्त्री कोइराला

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एसियामार्फत विश्वमा शान्ति र एकता फैलाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले मुलुकमा भएको सशस्त्र द्वन्द्वको अन्त्य गर्दै आफूहरुले सहज रुपमा शान्ति स्थापना गर्न सफलता पाएको सन्देश विश्वसामु देखाएको बताउँदै अब विश्व शान्तिका लागि सक्रिय हुने बताए ।
विश्व शान्ति महासंघ नेपालले ललितपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा प्रधानमन्त्री कोइरालाले आफूहरु राष्ट्रिय एकता र विश्व प्रचलित प्रजातान्त्रिक मूल्य मान्यताअनुरुप अधिकतम् लचक भएर समावेशी प्रजातन्त्रलाई संस्थागत गर्न अग्रसर रहेको अवगत गराए ।
गौतम बुद्ध र महात्मा गान्धिले देखाएको शान्ति र अहिंसाको बाटोबाटै शान्ति, स्थायित्व र विकासको लक्ष्य प्राप्त गर्ने समावेशी प्रजातन्त्र प्राप्त गर्न सकिनेमा जोड दिँदै प्रधानमन्त्री कोइरालाले प्रजातन्त्र नै जीवनको बाटो भएको बताए । जातीय, भाषिक र धार्मिक विविधतामा अनुपम एकता नै नेपालको राष्ट्रिय शक्ति भएको प्रधानमन्त्री कोइरालाको भनाई थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले विभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बन्नु अपरिहार्य रहेकोमा जोड दिँदै नेपाली जनता शान्तिको खोजीमा रहेको बताए । नेता नेपालले प्रजातन्त्रको लडाइँमा मुलुकको लामो इतिहास रहेको अवगत गराउँदै सहमति र छलफलका लागि दलबीच संवाद नै वर्तमान आवश्यकता भएको बताए । कार्यक्रममा मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी प्रजातन्त्रले मात्रै सबै जनताका सबै मानवाधिकारको प्रत्याभूति गर्ने बताए ।


NEPAL NEWS Team
284 views

सम्बन्धित समाचारहरु