Sunday, December 3, 2023

प्रजातन्त्र दिवसमा को को ले के शुभकामना दिए


  • February 19, 2015


प्रजातन्त्र दिवसमा  को को ले के शुभकामना दिए

काठमाडौं । बिहीबार मुलुकभर ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा सरकार तथा राष्ट्र प्रमुखका साथै विभिन्न राजनीतक दल र पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्र प्रमुख राष्ट्रपति डा. रामबरण यादवले सबै दलहरु सहमति सहकार्य गरी शान्ति र संविधान निर्माण कार्यलाई एक भएर अगाडी बढ्नु पर्नमा जोड दिएका छन् । उनले शान्ति र संविधानलाई समयमै टुङग्याउनु पर्ने सन्देशमा उल्लेख गरेका छन । उनले ज्ञात अज्ञात सहिदप्रति सम्मान गर्दै श्रद्धान्जली अर्पण गरेका छन् । यस्तै उपराष्ट्रपति परमानन्द झाले पनि आफ्नो शुभकामना सन्देशमा विश्व समुदायबाट प्रशंसित नेपालको भौगोलिक, साँस्कृतिक, जातीय एवम् भाषिक विविधताको राष्ट्रिय एकता एवम् सहिष्णुता राष्ट्रिय गौरबको रुपमा रहेको छ भन्दै यसलाई अझै मजबुत पार्दै जानु सबैको कर्तब्य रहेकोमा जोड दिएका छन् ।
त्यसै गरी प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले देशमा शान्ति र संविधानको पक्षमा जोड दिएका छन् । उनको सन्देशमा प्रजातन्त्र दिवसले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दलहरुबीच साझा सहमति कायम गर्न, सहकार्यका साथ अघि बढ्न र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
यसैगरी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्थालाई अब कसैले खोस्न नसक्ने गरी संस्थागत, सुदृढ र जनआधारित बनाउनुपर्नेमा जोड दिँदै सन्देशमा संविधान निर्माण प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन र समयमै नयाँ संविधान जारी गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।
यसैगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवस नेपालीको ऐतिहासिक दिवस भएको सन्देशमा उल्लेख गरेका छन् । उनले नेपालमा प्रजातन्त्र ल्याउन आम नेपालीको योगदान रहेको उल्लेख गर्दै यसलाई कसैले पनि बिर्सन नहुने बताएका छन् । यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ६५ औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देश दिएका छन् । उनले दिएको शुभकामना सन्देशमा सहमतिको सही रुपले कार्यान्वयन मा जोड त दिएका छन् । तर, के सहमति भएको थियो भन्नेचाहिँ खुलाएका छैनन् ।


NEPAL NEWS Team
325 views

सम्बन्धित समाचारहरु