इलाका प्रहरी कार्यालय रानीबाट फरार अभियुक्त पक्राउ


  • February 18, 2015


इलाका प्रहरी कार्यालय रानीबाट फरार अभियुक्त पक्राउ

मोरङ । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासतबाट गएराति फरार भएका पाँचजना थुनुवालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । कार्यालय परिसरबाट फरार भएपछि उनीलाई दसगजा क्षेत्रबाट र भारतको जोगवनी रेल्वे स्टेसनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ती थुनुवाहरु खाना खाएपछि थाली धुने क्रममा सेन्ट्रीलाई धकेलेर फरार भएका थिए । पक्राउ परेकामध्ये चारजना लागुऔषध र एकजना सार्वजनिक मुद्दामा पक्राउ परेका थिए । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय मोरङको रानीमा राखिएका चार जना अभियुक्त भागेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट धरान १० का विनोद बुढाथोकी, सन्तोष सुन्दास, धरान १३ का बालकुमार राई, मोरङ लेटाङ ६ का श्याम लिम्बु, तथा मोरङ बुद्धनगरका कलाधन ऋषिदेव फरार भएका थिए ।
अभियुक्तहरु फरार भएपछि प्रहरीले गरेको सर्च कारबाहीका क्रममा विनोद, सन्तोष, बालकुमार, श्याम लागू औषध कारोबारमा संलग्न कलाधन ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


NEPAL NEWS Team
225 views

सम्बन्धित समाचारहरु