कांग्रेसको १३औ महाधिवेशन भदौ २४ देखि २८ सम्म काठमाडौमा


  • February 18, 2015


कांग्रेसको १३औ महाधिवेशन भदौ २४ देखि २८ सम्म काठमाडौमा

काठमाडौं । नेपाली कांग्रेसको १३ औ महाधिवेशन आगामी भदौ २४ देखि २८ सम्म काठमाडौंमा हुनेभएको छ । बुधवार बसेको केन्द्रीय समितिको बैठकले यस्तो १३ औं महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशनको कार्यतालिका अनुसार नगर वडा, गाउँ र नगर अधिवेशन आगामी साउन १४ गते भित्र गरिसक्नुपर्नेछ । २ सय ४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन २२ गते र जिल्ला अधिवेशन २६ गते गर्ने निर्णय गरेको छ । कांग्रेसको १३ औं अधिवेशन ढिलोमा असोज पहिलो साताभित्र गरी सक्नुपर्ने कानुनी बाध्यता थियो ।
यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो । केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ । एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ ।
पार्टी प्रवक्ता दिलेन्द्र बडुका अनुसार पदाधिकारी बैठकले फागुन मसान्तभित्र सबै जिल्लाले शुल्क सहित क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाई सक्नुपर्ने निर्देशन मातहतका जिल्लालाई दिने निर्णय गरेको छ । फागुन मसान्तभित्र विवरण दिन नसक्ने जिल्लालाई महाधिवेशनमा भाग नगराइने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।


NEPAL NEWS Team
256 views

सम्बन्धित समाचारहरु