माधव नेपाल अनुपस्थित भएपछि एमाले बैठक स्थगित


  • February 18, 2015


माधव नेपाल अनुपस्थित भएपछि एमाले बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल तीन दिनका लागि रौतहट गएपछि एमालेका शीर्ष नेता सम्मिलित कार्यदलको बैठक बस्न सकेन । केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनमा कुरा मिल्न नसकेपछि एमालेले कार्यदल गठन गरे पनि ४ र ५ फागुनमा बसेको बैठकले निर्णय गर्न सकेको थिएन ।
६ फागुनमा यो बैठकलाई निरन्तरता दिने भनिएपनि बरिष्ठ नेता नेपाल अनुपस्थित भएपछि १० फागुनसम्मलाई बैठक स्थगित गरिएको छ । गत असारमा नवौं महाधिवेशन सकिएपनि अहिलेसम्म एमालेमा कार्यविभाजन हुन सकेको छैन भने १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन पनि भएको छैन ।


NEPAL NEWS Team
277 views

सम्बन्धित समाचारहरु