Saturday, June 15, 2024

गणेशमान सिंह बलिदान यात्रा भोलिबाट सुरु हुने


  • February 18, 2015


गणेशमान सिंह बलिदान यात्रा भोलिबाट सुरु हुने

काठमाडौं । कांग्रेसको नीति तथा प्रशिक्षण विभागले प्रजातन्त्र दिवसको अवसर पारेर भोलिबाट गणेशमान सिंह बलिदान यात्रा सुरु गर्ने भएको छ । राजधानीको शान्तिवाटीकाबाट सुरु हुने यात्राको नेतृत्व उपसभापति एवं प्रतिष्ठानका संयोजक रामचन्द्र पौडेलले गर्नेछन् । ०४६ सालको आन्दोलनका सर्वोच्च कमाण्डर सिंहले नख्खु कारागार ब्रेक गरेर हिँडेको स्थान हुँदै बलिदान यात्रा अघि बढ्ने उपसभापति पौडेलले पत्रकारसम्मेलन मार्फत जानकारी दिए ।
पौडेलका अनुसार पहिलो चरणको यात्रा धादिङ, गोरखा, लम्जुङ, तनहु, कास्की, स्याजा, पाल्पा हुँदै रुपन्देही पुगेर फागुन २६ गते समापन हुनेछ । दोस्रो चरणको यात्रा नवलपरासी,चितवन, मकवानपुर, बारा हुँदै काठमाडौं आएर समापन हुनेछ ।
यसैबीच नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति तय गर्ने विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक अहिले जारी छ । बैठकले १३ औं महाधिवेशनको मिति तय गर्ने बताइएको छ । यस्तै क्रियाशिल सदस्यता वितरणको म्याद थप गर्ने विषयमा पनि निर्णय हुने एक नेताले जानकारी दिए ।


NEPAL NEWS Team
1,003 views

सम्बन्धित समाचारहरु