पूर्वराजा शाहले भने–सहमतिका आधारमा संविधान बनोस्


  • February 18, 2015


पूर्वराजा शाहले भने–सहमतिका आधारमा संविधान बनोस्

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सहमतिका आधारमा अघि बढ्न सुझाव दिएका छन् । उनले झैझगडा र आपसी कलहमा समय नविताउन आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिंदै उनले छिट्टै पूर्ण संविधान जारी भई मुलुकमा स्थिरता र गतिशिलता कायम होस् भन्दै कामना गरेका छन् ।
पूर्वराजा शाहले भनेका छन्, ‘राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मुख्य विषय आपसी सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो ।’ उनले निषेद्, विभेद र कचिगंलले मुलुकलाई संकटमा पुर्याउने भन्दै सबैलाई सहमतिको माध्यामबाट संकट हटाउन आग्रह समेत गरेका छन् ।
पूर्वराजा शाहले भने, ‘निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय विताउनू भन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’
उनले विगतमा आफू र राजनीतिक दलहरुबीच भएको सहमति, समझदारीको स्मरण गराउँदै प्रजातन्त्रको मूल्य र मान्यतामा भएको सहमति स्मरण गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जती सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरण र अनूषरण गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसकोे सार्थकता रहन्छ ।’


NEPAL NEWS Team
260 views

सम्बन्धित समाचारहरु