मोरङ । अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय मोरङको रानीमा राखिएका चार जना अभियुक्त भागेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट पाँचजना अभियुक्त फरार भएका छन् धरान १० का विनोद बुढाथोकी, सन्तोष सुन्दास, धरान १३ का बालकुमार राई, मोरङ लेटाङ ६ का श्याम लिम्बु, तथा मोरङ बुद्धनगरका कलाधन ऋषिदेव फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभु ढकालले जानकारी दिए ।
अभियुक्तहरु फरार भएपछि प्रहरीले गरेको सर्च कारबाहीका क्रममा विनोद, सन्तोष, बालकुमार र श्याम नियमन्त्रणमा आएका छन् भने लागू औषध कारोबारमा संलग्न कलाधन ऋषिदेव भने फरार रहेका छन् । उनको खोजीकार्यलाई तीब्र पारिएको ढकालले बताए ।