Saturday, December 2, 2023

‘सहमतिमा चाँडो संविधान बनोस’


  • February 17, 2015


‘सहमतिमा चाँडो संविधान बनोस’

काठमाडौंँ । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चाँडै संविधान जारी होस भन्ने कामना गरेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनपछि पत्रकारको जिज्ञासामा उनले आफूले दलीय सहमतिमा मुलुकमा शीघ्र संविधान बनेर राष्ट्र प्रगतिको मार्गमा अग्रसर होस् भन्ने प्रार्थना पशुपतिनाथसँग गरेको बताए । दलबीच चाँडो संवाद सुरु हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले संविधानसभामा प्रतिनिधित्व गरेका र बाहिर रहेका सबै राजनीतिक दलबीच मेलमिलाप भएमा संविधान निर्माण गर्न कठिन नहुने बताए । धार्मिक सहिष्णुताको पर्वका रुपमा देशभरका शिवालयमा पूजाआराधनाका साथ समेत मनाइने महाशिवरात्रिमा राष्ट्राध्यक्षबाट आराध्यदेव पशुपतिनाथको पूजा गरिने प्राचीन परम्परा छ । दर्शनका लािग राष्ट्रपति डा यादव पशुपतिनाथ मन्दिर परिसर पुग्दा उनलाई महाशिवरात्रि मूल आयोजक समितिका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।


NEPAL NEWS Team
182 views

सम्बन्धित समाचारहरु