Thursday, December 7, 2023

आज महाशिवरात्रि पर्व, पशुपतिनाथ लगायत शिवालयहरुमा बिहानैदेखि भिड


  • February 17, 2015


आज महाशिवरात्रि पर्व, पशुपतिनाथ लगायत शिवालयहरुमा बिहानैदेखि भिड

काठमाडौं । मुलुकभर हिन्दू धर्मावलम्बीहरुले महादेवको आराधना, भजन किर्तन, पूजा, होम गरी मंगलवार महाशिवरात्रि पर्व मनाउँदैछन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ ।
महाशिवरात्रिमा पशुपतिनाथको दर्शन र पूजा गर्न विहानैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइंचो लाग्ने गर्छ । यो दिन दर्शनार्थीहरूका लागि बिहानैदेखि मन्दिरको चारै ढोका खुल्ला गरिन्छ । यस पर्वमा पशुपति महादेवलाई दिनमा पञ्चामृत तथा रातलाई प्रथम, द्वितिय, तृतिय र चतुर्थमा बिभाजन गरी क्रमशः दुध, दही, घिउ र महले पूजा गर्ने चलन छ ।
पशुपतिनाथ दर्शन गर्न आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, बैरागीलगायतलाई गुठी संस्थानले आइतवारदेखि पाँच दिनसम्म भोजन र धुनी जगाउन मुढा उपलब्ध गराउने ब्यवस्था गरेको पशुपति गोश्वारा कार्यालय प्रमुख खिमा ओलीले बताए ।
पाहुना तीर्थयात्रीहरुलाई विहीवार एक÷एक पाउको पेडा र दक्षिणासहित विदा दिने उनले बताए । साथै, यस पर्वमा राज्यका तर्फबाट दान गर्न फलफूल, बख्खु, पितांवरी, सिदा, मृगको छाला, बाघको छाला, कमण्डलु, राडीलगायतका वस्तुहरु राष्ट्रपतिबाट संकल्प गराई ल्याइसकेको उनले बताए ।


NEPAL NEWS Team
324 views

सम्बन्धित समाचारहरु