Saturday, December 2, 2023

एमालेमा केन्द्रीय सदस्य मनोनयमा विवाद भएपछि शीर्ष नेतालाई जिम्मा


  • February 17, 2015


एमालेमा केन्द्रीय सदस्य मनोनयमा विवाद भएपछि  शीर्ष नेतालाई जिम्मा

काठमाडौँ । नेकपा एमालेमा केन्द्रीय सदस्य मनोनयनका विषयमा विवाद भएपछि समाधानको जिम्मा पार्टीका शीर्ष नेतालाई जिम्मा दिइएको छ । आन्तरिक गृहकार्य नपुगेको भन्दै सोमवार राती सम्म बसकेको स्थायी समितिको बैठकमा हुन सकेन् । स्थायी समितिले फागुन ६ सम्म सहमति गर्ने गरि शीर्ष नेताहरुलाई जिम्म दिएको छ ।
स्थायी कमिटीको सातौँ बैठकमा केन्द्रीय कमिटीमा मनोनयनका लागि महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत मापदण्ड र नामावलीमाथि विभिन्न प्राप्त सुझाव र नामावलीको सूचीभित्रबाट वरिष्ठता, योग्यता–क्षमता, समावेशिता, क्षेत्रीय सन्तुलन र दलको कामको आवश्यकताका आधारमा मनोनयन गरिनेछ । दलको विधानमा १० प्रतिशतसम्म मनोनयन गर्न सकिने व्यवस्था छ ।
सो सूचीलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेललाई जिम्मा दिने भएपछि निर्णय गरिएको हो ।
यस्तै केन्द्रीय सदस्यको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी तोकिएको छ । स्थायी कमिटीको बैठक फागुन ६ गते मध्याह्न १२ बजे पुनः बस्ने महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


NEPAL NEWS Team
198 views

सम्बन्धित समाचारहरु