शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण


  • February 16, 2015


शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण

शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण
काठमाडौंँ । शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ । कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरुपी साना बालबालिका कैलाशपर्वतमा स्थिर रुपमा ध्यान गरेर बसेका छन् । ‘शिवलिङ्ग नै यस वर्षको शिवरात्रिको विशेषता हो, अझ करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु अर्को आकर्षण हो, उच्चस्तरका करिब दश स्वामीहरु पनि आउनुभएको छ ।’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए । उनका अनुसार यस वर्ष करिब तीन हजार पाँच हजार साधुसन्त आउँदैहुनुहुन्छ । वनारसका पगलानाथ र नागाका रुपमा आइरनबाबा आइसकेका छन् । वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ । रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि सुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिए । बाह्र ज्योतिर्लिङ्मध्येका महाज्योतिर्लिङ्ग पशुृपतिनाथ मानिसलाई पशुभाव र पाश(बन्धन)बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् । ‘पशुपतिनाथ केदारनाथको शिर नै हुन् ’ डा टण्डनले भने । हरिद्वारबाट आएका साधु नन्दीपालले हरेक वर्ष आफ्ना मित्र साधुहरुसँग हरेक वर्ष पशुपतिनाथ आउने गरेको बताए । ‘यहाँ आएपछि आनन्द र सुखको अपूर्व अनुभूति मिल्छ’ उनले भने ।


NEPAL NEWS Team
442 views

सम्बन्धित समाचारहरु