लोकसेवा आयोग आजबाट पदाधिकारी विहिन


  • February 16, 2015


लोकसेवा आयोग आजबाट पदाधिकारी विहिन

काठमाडौं । निजामति कर्मचारीको छनौट र नियुक्ति सिफारिसको जिम्मा पाएको लोकसेवा आयोग आजदेखि पदाधिकारिबिहिन भएको छ । आयोगका अध्यक्ष सहित तिन पदाधिकारीको पदावदी आजबाट सकिँदै छ । अध्यक्ष कयोदेवि यमी तथा सदस्यहरु टिकादत्त निरौला र राजेन्द्रप्रसाद शाहले ६ बर्षे पदावधि सकिएकाले लोकसेवा आयोग रित्तिन लागेको हो ।
अर्का सदस्य कृष्ण पोखरेल भने ६५ बषको उमेर हदका कारण डेढ बर्षअघिनै सेवानिबृत्त भएका थिए । आयोगमा सरकाले २०६५ साल फागुन ५मा पदाधिकारि नियुक्ति गरिएको थियो । पदाधिकारिबिहिन भएपछि आयोगका नयाँ विज्ञापन प्रकाशन, अन्तरबार्ता लिने, कर्मचारि बढुवाको उजुरिमा सुनुवाई, लगाएतका काम प्रभावित हुने भएको छ ।
लोकसेवा आयोगमा नियुक्तीको सिफारिस गर्नका लागि फागुन १ गतेको बसेको संवैधानिक परिषदको बैठक कुनै टुंगोमा नपुगी आगमी १२ गते बस्ने गरि टुंगीएको थियो । संवैधानिक परिषदले आयोगमा नियक्तीका लागि सिफरिस गरेपछि संसदीय सुनुवाई लगायतका प्रक्रिया पुरा गर्नका लागि कम्तिमा पनि १५ दिनको समय लाग्ने गर्दछ । तर संवैधानिक परिषदको बैठक नै बस्ने नसकेको अवस्थामा तत्काल लोकसेवा आयोगले पदाधिकारी पाउने संभावना नभएको बताइएको छ ।


NEPAL NEWS Team
490 views

सम्बन्धित समाचारहरु