Thursday, December 7, 2023

दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा


  • February 16, 2015


दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा

जुम्ला । जिल्ला पशुसेवा कार्यालय जुम्लाले दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा भित्र्याएको छ । कार्यालयमा उक्त सुईको अभाव भएकाले बहुला कुकुरको बिगबिगीका कारण क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला सुर्खेतबाट तत्कालै माग गरिएको पशु विकास अधिकृत गोविन्दबहादुर महतले जानकारी दिए । माघ १४ गते छुमचौर गाविसका १० स्थानीयवासीलाई बहुला कुकुरले टोक्दा जिल्ला नै बहुला कुकुरको आङ्कतमा परेको थियो । त्यसबेला जिल्लामा रेबिजविरुद्ध सुई नभएका कारण जनताको भनाइ खानुपरेकोले सुई भित्र्याइएकोे अधिकृत महतले बताए । उनले स्थानीयवासीलाई आफ्ना कुकुर तथा अन्य पशुचौपायालाई रेबिजविरुद्ध सुई लगाउन अनुरोध गरे ।


NEPAL NEWS Team
179 views

सम्बन्धित समाचारहरु