रुपन्देहीबाट पाँच वर्षीय बालक अपहरित


  • February 15, 2015


रुपन्देहीबाट पाँच वर्षीय बालक अपहरित

बुटवल । रुपन्देहीबाट पाँच वर्षीय बालकको अपहरण भएको छ । जिल्लाको दक्षिणी मर्चवार क्षेत्र अन्तर्गत बोगडी ४ का ५ वर्षीय रोहन नाउँको अपहरण भएको हो । अपहरणको अनुसन्धान गर्न प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । नर्सरीमा अध्ययन गर्ने नाउँ गत माघ २९ गते विहान विद्यालय जाने क्रममा अपहरणमा परेको परिवारका सदस्यहरुले बताएका छन् । बालक विद्यालयबाट घर नआएपछि गाउँलेहरुको सहयोगमा खोज्ने क्रममा गाउँ नजिकैको खेतमा उनको चप्पल र गलबन्दी फेला परेको थियो ।

अपहरणमा परेको ४ दिन बितिसक्दा समेत रुपन्देही प्रहरीले अपहरित बालकलाई अपहरणकारीबाट मुक्त गराउन चासो नदेखाएको उनीहरुले आरोप लगाएका छन् । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले सोही स्थानका २२ वर्षीय बलदेव नाउँलाई पक्रेर अनुसन्धान थालेको बताएका छन् । विद्यालय जाने क्रममा बलदेवले बालकलाई विस्कुट दिएको र त्यसपछि बालक कसैको सम्पर्कमा नआएको कारण उनलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको एसपी ढकालले बताए ।


NEPAL NEWS Team
269 views

सम्बन्धित समाचारहरु