Thursday, December 7, 2023

न्यायालयमा मुद्दाको चाप बढ्दो तर न्यायाधीश र कर्मचारीको भने अभाव


  • February 12, 2015


न्यायालयमा मुद्दाको चाप बढ्दो तर न्यायाधीश र कर्मचारीको भने अभाव

काठमाडौँ । सर्वोच्च अदालतलगायत मातहतका निकायमा वर्षेनी मुद्दाको चाप बढ्दै गएपनि आवश्यक मात्रामा न्यायाधीश सम्बद्ध कर्मचारीको व्यवस्था हुन नसक्दा लक्ष्यबमोजिम मुद्दा किनारा लगाउन कठिन भएको छ । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतले जम्मा २४ हजार ७३५ मुद्दामध्ये पाँचहजार ९४६, पुनरावेदन अदालतहरूले ४१ हजार ८५२ मुद्दामध्ये २९ हजार ७० र जिल्ला अदालतहरूले एकलाख १० हजार ६२९ मुद्दामध्ये ६८ हजार ४८ थान मुद्दा मात्र किनारा लगाएका छन् । यसैगरी अन्य अदालत तथा न्यायाधीकरणले दुई हजार ८१० थान मुद्दामध्ये ८१४ थान मुद्दा मात्र किनारा लगाएको सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनमा उल्लेख छ । न्यायालयमा थपिएको कार्यबोझलाई दृष्टिगतगरी थप न्यायाधीश तथा अन्य कर्मचारीको दरबन्दी थप गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएपनि सहमति प्राप्त नभएकाले नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेको सर्वोेच्च अदालतका सहप्रवक्ता बाबुराम दाहाल बताउछन् । कानुनमा प्रमाणपत्र तहको अध्ययन अध्यापन बन्द हुँदा लामो समयदेखि अदालतमा सहायकस्तरको जनशक्ति कानुनीज्ञान बिनाकै व्यक्तिबाट पूर्ति गर्नुपरेको र यस्ता जनशक्तिको न्यायसेवामा बृत्तिविकासको अवसर नभएकाले सेवामा टिकाइराख्न कठिन भएको, कानुन पढ्न चाहनेहरूका लागि न्याय सेवाप्रति आकर्षण गर्न नसकिएको र क्षमतावान जनशक्ति आपूर्ति गर्न कठिनाइ हुँदै गएकाले दीर्घकालिन नीति र कार्यक्रम ल्याउनुपर्ने भएको उनको भनाइ छ ।


NEPAL NEWS Team
183 views

सम्बन्धित समाचारहरु