प्रस्ताव समितिको प्रतिवेदन अनुमोदनसंगै संविधानसभा अनिश्चित कालका लागि स्थगित


  • February 12, 2015


प्रस्ताव समितिको प्रतिवेदन अनुमोदनसंगै संविधानसभा अनिश्चित कालका लागि स्थगित

काठमाडौं । विपक्षी एक सय ७१ सभासदले बहिस्कार गरेको संविधानसभाको आजको बैठकले प्रस्ताव समितिले तयार पारेको विवादित अन्तर्वस्तुबारे प्रश्नसहितको प्रतिवेदन अनुमोदन गरेको छ। जेष्ठ सदस्य कूलबहादुर गुरुङले फरक मतसहितको प्रतिवेदन संविधानसभामा पेश गरेका थिए। संविधानसभाले यसलाई अनुमोदन गरेलगत्तै बैठक अर्को सूचना जारी नहोउन्जेलका लागि स्थगित गरिएको छ।

एमाओवादी र मधेसकेन्द्रित दलहरुको विरोधका बीच बनेको प्रस्ताव समितिले संविधानका विवादित अन्तर्वस्तुबारे २ सय ३२ प्रश्न बनाउँदै आफ्नो काम टुङ्ग्याएको थियो। १ सय ९२ मूल प्रश्न र ४० वैकल्पिक प्रश्न बनाइएको छ। प्रतिवेदनमा नेपाल मजदूर किसान पार्टीले फरक मत राखेको र त्यही अनुसार प्रतिवेदन बुझाइएको गुरुङले जानकारी दिए।


NEPAL NEWS Team
287 views

सम्बन्धित समाचारहरु