काठमाडौं । बाग्लुङको क्षेत्र नं.१ प्रत्यक्ष तर्फको सभासद्का लागि चैत २८ गते उपनिर्वाचन हुने भएको छ। सभासद् हरि खड्काको निधन भएपछि रिक्त पद पूर्तिका लागि सरकारले उपनिर्वाचन गर्न लागेको हो। बिहिबारको मन्त्रिपरिषद बैठकले चैत २८ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।
सवारी दुर्घटनामा घाइते भएका खड्काको मंसीर २० गते निधन भएको थियो।
यस्तै बिहीबारकै बैठकले सन् २०१७ सम्म नेपाललाई खुला दिसा मुक्त बनाउने घोषणा गरेको छ। त्यस बेलासम्म देशभरका प्रत्येक घरमा एउटा चर्पी बनाउने घोषणा गरेको छ। त्यसका लागि कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सरसफाइ दूतमा नियुक्त गरेको छ।