सफलता चुम्दै मेघराज


  • February 12, 2015


सफलता चुम्दै मेघराज

krish_bro – कृष्ण तिवारी

अनि बैंकको जागिरबाट राजिनामा गरेर सन् २००३ देखि आफु  बस्दै आएको हर्सभिलको गराजबाट इन्टिग्रेटेड अस्ट्रेलियन इमिग्रेसन सर्भिस नामको एजुकेसनल कन्सल्टेन्सी शुरु गरे । करिब दुई वर्ष त्यही गराजबाट अफिस संचालन गरे । सन् २००५ बाट सिटीमा अफिस सारे । सन् २००७ देखि नाम परिवर्तन गरी सिड्नी बिजनेस हाउस नामाकरण गरे ।

झण्डै १६ वर्ष अगाडि अध्ययन भिषामा अस्ट्रेलिया छिरेका सिड्नी बिजनेस हाउसका डाइरेक्टर मेघराज श्रेष्ठ नेपाली समुदायभित्र परिचित पात्र हुन् । नेपाली समुदायलाई परेको बेला तन, मन र धनले सहयोग गर्नसमेत पछि नपर्ने श्रेष्ठले अस्ट्रेलियामा सुरुवाती दिनहरुमा केही तिता–मिठा अनुभवहरु पनि सँगालेका छन् । एएनजेड बैंकको जागिर छोडेर सन् २००३ बाट अस्ट्रेलियामा एजुकेसनल कन्सल्टेन्सी चलाएका श्रेष्ठले आजसम्म जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । “त आँट म पु¥याउँछु” भनेझैं श्रेष्ठले हात हालेका क्षेत्रहरु सफलताकैं सिँढीमा उक्लिरहेका छन् ।

१२ वर्षअघि  आफु  बस्ने हर्सभिलको गराजमा कन्सल्टेन्सी खोलेर शैक्षिक परामर्श सेवा शुरु गरेका श्रेष्ठ आज सिड्नीको पिट स्ट्रिटमा रहेको अफिसबाट सेवाहरु प्रदान गर्दै आएका छन, जुन सिड्नी बिजनेस हाउसका नामले प्रख्यात छ । सायद, मेघराज नेवार नभइदिएको भए आज नेपालमै आर्मीको मेजर वा जर्नेल बन्दै देशको सेवा गरिरहेका हुन्थे होलान् तर समयले आज श्रेष्ठलाई अस्ट्रेलियामा सफल व्यवसायीको रुपमा चित्रण गरेको छ ।
megh44

नवलपरासी जिल्लाको धोबाडी गाविसमा मध्यम परिवारमा जन्मेका श्रेष्ठको बाल्यकाल संघर्षमय नै रह्यो । सात दाजुभाइ र एक दिदीमध्ये पाँचांै सन्तान थिए श्रेष्ठ । घरपरिवारको आयश्रोत भनेकै खेतीकिसानी थियो । उनका बुवा कुलबहादुर श्रेष्ठ गाउँका समाजसेवी थिए । गाउँमा सबैको भलो चिताउने र सहयोगी भएकै कारण गाउँहरुले उनलाई प्रधानपञ्च चुनेका थिए ।

गाउँमा पठनपाठनको लागि विद्यालय थिएन । आफ्ना छोराछोरीलाई शिक्षादिक्षा कै लागि कुलबहादुरले प्रधानपञ्चबाट राजिनामा दिएर धोबाडीबाट डण्डा (त्रिभुवनटार) बसाइ सरे । मिलनसार प्रधानपञ्चले गाउँ छोड्दा गाउँलेहरुको आँखामा आँसु रसाएका थिए ।

जनता माविबाट प्रारम्भिक शिक्षा हासिल गरेका श्रेष्ठले सोही विद्यालयबाट वि.स.२०३९ सालमा प्रवेशिका परीक्षा पास गरे । श्रेष्ठ स्कुले जीवनमा मझौला खालका विद्यार्थी थिए । विज्ञान र गणित मनपर्ने विषय थियो । पढाइलाई भने जति समय दिन भ्याउँदैनथे । किसान परिवारमा आश्रित श्रेष्ठ कहिले गाईभंैसी चराउन जानुपर्दथ्यो भने कहिले खेतीपातीमा घरपरिवारलाई सघाउनु पर्दथ्यो । घरायसी काम गर्दै सरकारी विद्यालयमा पढेर दोश्रो श्रेणीमा एसएलसी पास हुनु त्यतिवेला चानेचुने कुरा थिएन । करिब २५ जना विद्यार्थीमध्ये प्रवेशिकामा श्रेष्ठ सहित अर्को उनको मिल्ने साथी मात्र उत्तीर्ण भएका थिए ।

एसएलसी पासपछि परिवारमा खुसी छायो । छोरालाई विज्ञान पढाउने निधो भयो । श्रेष्ठ पनि साथीसँगै विज्ञान विषय पढ्न जाने तयारी गरे । अस्कल क्याम्पसमा फर्म भरे तर नाम निस्किएन । यता कृषि विषय अध्ययनका लागि रामपुर क्याम्पसमा समेत फर्म भरे, तर त्यहाँ पनि विफल भए । अन्ततः श्रेष्ठले त्रिचन्द्र क्यापम्समा फिजिक्स विषय लिएर भर्ना भए । शुरुको एक÷दुई महिना त क्याम्पस रमाइलै लाग्यो । तर क्याम्पसमा पढाइभन्दा हल्ला बढी हुने गर्दथ्यो । राम्रो नम्बर ल्याएका टपर विद्यार्थीसमेत हल्ला गरेर बस्थे । उनीहरु बाहिर ट्युसन पढ्ने अनि कलेजमा हल्ला गर्ने कुरोको चुरो बुझे श्रेष्ठले ।

मध्यम परिवारका श्रेष्ठले घरबाट प्रशस्त पैसा ल्याउन सक्ने स्थिति थिएन । विस्तारै उनलाई विज्ञान विषयमा मन मर्दै गयो । विज्ञानलाई त्यही थाती राख्दै पिपल्स क्याम्पसमा कमर्स लिएर अध्ययनलाई अगाडि बढाए । गणित उनको मनपर्ने विषय थियो । एकदिन शिक्षकले क्लासमा हिसाब मिलाउन नसकी भोलि गर्दिन्छु भनी गए । तर भोलिपल्ट ती शिक्षक कक्षामा आएनन् । कक्षामा होहल्ला भएपछि प्रिन्सिपल आए । विद्यार्थीहरुले हिजोकै हिसाब गर्न आग्रह गरे । तर प्रिन्सिपलले समेत मिलाएनन् । अनि उनले भनिदिए हिसाव गल्ती छ, म भोलि गरौंला । यता श्रेष्ठले त्यही हिसाब घरमा गरिसकेका थिए । उनले उठेर भने सर हिसाब ठीक छ । म गर्छु । अनि अगाडि ब्याल्याकबोर्डमा गएर हिसाब मिलाए । त्यसपछि त साथीहरुले उनलाई हेर्ने नजर नै फेरियो । सबैको वाहवाह पाएर मख्ख भए, श्रेष्ठ । यस घट्नापछि श्रेष्ठले अध्ययनमा अझ बढी मिहिनेत गर्न थाले । पिपल्सबाट आइ.कम. सके ।

आइ.कम पास भएपछि उनी आर्मीमा जागिर खान सेकेण्ड लेफ्टिनेन्टमा आवेदन पनि दिए । लिखित परीक्षा पास पनि गरे । बाँकी सबै प्रक्रिया पास गर्दै गए । तर अन्तमा सोर्सफोर्स नभएकै कारण अन्तरवार्तामा असफल भए । प्रसंग कोट्याउँदै श्रेष्ठ भन्छन्– कर्नेलले अन्तरवार्तामा शुरुमै प्रश्न गरे– तँ नेवारको छोरोले बन्दुक बोक्न सक्छस् ? अनि उनको आर्मी बन्ने सपना त्यहीँ तुहियो ।

आइ.कम.पछि सरस्वती क्याम्पसबाट श्रेष्ठले बि.कम. पास गरे । उनी राष्ट्रिय कम्प्युटर केन्द्रले सन् १९८३ मा संचालन गरेको कम्प्युटर ट्रेनिङका पहिलो ब्याच थिए । सन् १९९१ मा उनी निर्वाचन आयोगमा करिब ६ महिना नायब सुब्वा भएर काम गरे । त्यसपछि श्रेष्ठ ब्रिट्रिस प्रोजेक्ट (ओडिए) पाख्रिवास एग्रिकल्चर रिसर्च सेन्टरमा कार्यालय सहायकको रुपमा करिब ३ वर्ष काम गरे । जुन अहिले डिएफआइडीको नामले संचालित छ । पछि उनी के– ३ प्राजेक्टमा काम गर्न धनकुटा पुगे । त्यहाँ उनले फाइनान्सियल कन्ट्रोलरको जिम्मेवारी पाए । यस प्रोजेक्टले नेपालको कृषिसँग सम्बन्धित काम गर्दथ्यो । झण्डै चारवर्ष सो संस्थामा काम गरेपछि उनलाई आफ्नै व्यवसाय गर्ने रहर पलायो । परिश्रमी श्रेष्ठले जागिरसँगै आफ्नो पढाइलाई निरन्तरता दिंदै गए । सन् १९९७ मा शंकरदेव क्याम्पसबाट कमर्स विषयमा स्नातकोत्तर सके ।
megh

सन् १९९७ मा के–३ प्रोजेक्टबाट राजिनामा दिएर काठमाडौंमा सेन्टर फर ओभरसिज स्टडी कन्सल्टेन्सी खोले । श्रेष्ठ इक्यानको संस्थापक सदस्य समेत हुन् । केही समयपछि उनलाई के–३ प्रोेजेक्टले कामको लागि अफर नै दिएर बोलायो । श्रेष्ठ सोही संस्थाबाट एमएस गर्न बेलायत जाने सर्तमा पुनः काममा फर्किए । तर जीवनमा सोंचेजस्तो कहाँ हुन्छ र ? एमएस गर्न वेलायत जाने सुनौलो सपना बुनेका श्रेष्ठको सपना त्यही बिलायो । बजेट अभावका कारण संस्थाबाट दिइने छात्रवृतिमा कटौती भयो ।

अस्ट्रेलियाको यात्रा
श्रेष्ठ ज्ञान र अनुभव सँगाल्न निकै लालायित थिए । उनी भाग्यभन्दा पनि आफ्नो मिहिनेतमा बढी विश्वास गर्दथे । आफ्नो क्षेत्रमा अझ बढी ज्ञान हासिल गर्ने लक्ष्यसहित उनी अध्ययनका लागि अस्ट्रेलिया आउने निधो गरे । सन् १९९९ मा सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालयमा एमबिए गर्न अस्ट्रेलिया स–परिवार आइपुगे ।

अस्ट्रेलिया आएपछि कामको खोजीमा चारैतिर भौंतारिए । आफ्नै भाइ अस्ट्रेलिया भएका कारण उनलाई केही राहत त भयो । नेपालमा प्रोजेक्ट जागिर खाँदा घुम्ने कुर्चीमाथि बसेर काम गरेका श्रेष्ठले अस्टे«लियाको काममा बिल्कुलै फरक पाए । कहिलेकाहीं त नेपाल छोेडेर किन आए हुँम्ला भनी आत्मग्लानी समेत गरे । कारण, यहाँको कामको प्रकृति देखेर । जब यहाँको रहनसहन र वास्तविकता बुझ्दै गए, अनि सबै कुरा श्रेष्ठलाई सहज लाग्न थाल्यो । पछि उनीले सेक्युरिटीको ट्रेनिङ लिए र विद्यार्थी जीवनमा सेक्युरिटीको काम थाले । सन् २००१ मा उनले एमबिए सके । त्यसपछि उनले पिएडी अध्ययनको लागि आवेदन भरे । यहाँको पिआर पाइसकेपछि भने उनको पिएचडी अधुरो नै रह्यो । उनले पछि मक्वारी विश्वविद्यालयबाट मास्टर्स अफ एकाउन्टिङ सके । एमबिए सकेपछि श्रेष्ठले एएनजेड बैंकमा कस्टमर सर्भिसमा झण्डैं दुई वर्ष काम गरे ।

तर उनलाई जागिरभन्दा आफ्नै कुनै व्यवसाय गर्ने ठूलो इच्छा थियो । नेपालमै कन्सल्टेन्सी चलाएका श्रेष्ठले यहाँ पनि एजुकेसनल कन्सल्टेन्सी खोल्ने योजना बुने । तर मनमा द्विविधा भयो । बैंकको जागिर छोडेर यता लाग्दा बर्वाद हुने त होइन भन्ने मनमा त्रास बोके । सिड्नीमा रहेका केही अग्रजहरुसँग रायसल्लाह लिए । यसै क्रममा श्रेष्ठले नेपाली सोलिसिटर शम्शेर थापालाई समेत आफ्नो कुरा सुनाए । थापाले दुईवटा खुट्टा दुईवटा डुंगामा नराख्न सुझाव दिए । जे गरे पनि एकापट्टि ध्यान दिएर गर्न सुझाएँ । थापाको कुराले श्रेष्ठलाई अलि आँट आयो । अनि बैंकको जागिरबाट राजिनामा गरेर सन् २००३ देखि  आफु  बस्दै आएको हर्सभिलको गराजबाट इन्टिग्रेटेड अस्ट्रेलियन इमिग्रेसन सर्भिस नामको एजुकेसनल कन्सल्टेन्सी शुरु गरे । करिब दुई वर्ष त्यही गराजबाट अफिस संचालन गरे । सन् २००५ बाट सिटीमा अफिस सारे । सन् २००७ देखि नाम परिवर्तन गरी सिड्नी बिजनेस हाउस नामाकरण गरे । विशेषतः माइगे्रसन सेवा, एजुकेसनल सेवा तथा विभिन्न ट्रेनिङहरु सिड्नी बिजनेस हाउसको एउटै छातामुनि संचालन गर्दै आएको छ ।

बैवाहिक सम्बन्ध र जीवन
सन् १९९० मा मेघराज चितवन निवासी प्रभा श्रेष्ठसँग विवाह बन्धनमा बाँधिए । आफन्तहरु बीच विवाहको कुराकानी भएपछि केटाकटी बिच सामान्य कुराकानी भयो । “लेखेको पाइन्छ, देखेको पाइदैन” भनेझैं मेघराज प्रभा नामबाटै प्रभावित भए । शिक्षित परिवारमा जन्मेर पढेलेखेकी प्रभा त्यतिखेर कीर्तिपुर विश्वविद्यालयबाट इकोनोम्याट्रिक्स विषयमा स्तातकोत्तर गर्दै थिइन् । यता प्रभालाई पनि मेघराजको बौद्धिक व्यक्तित्व र सरलपन देखेर प्रभावित बनिन् । अन्नत यो जोडीले आफ्नै नेवारी परम्परा अनुसार लगनगाँठो कसे । विवाहपश्चात् जागिरे श्रीमानसँगै कहिले काठमाडौ त कहिले धनकुटा पुगिन, प्रभा । धनकुटामा रहँदा प्रभाले उनले धनकुटा क्यापम्समा केही समय अध्यापन समेत गरिन् । श्रेष्ठ त्यति धेरै महत्वकाक्षी त छैनन् तर पनि कर्म गरेपछि फल पाइन्छ भन्नेमा उनी ढुक्क छन् ।

समाजसेवामा श्रेष्ठ
समाजसेवा उनको सोख पनि हो । उनी कुनै पार्टीको राजनीतिक झण्डा बोक्नुभन्दा समाजसेवामा लागेर दीनदुखीहरुको सेवा गर्न मन पराउँछन् । समाजसेवा गर्न कुनै पदमा नै बस्नुपर्छ भन्ने मान्यता राख्दैनन् श्रेष्ठ । उनले तेरियाको शिक्षाको लागि तेरिया कोष नै खडा गरेर संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरेका थिए । गत वर्षदेखि उनले आफूले अध्ययन गरेको डण्डास्थित जनता विद्यालयलाई आफ्नो बुवाआमाको सम्झनामा १० लाख नेपाली रुपैयाको अक्षयकोष खडा गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति दिदै आएका छन् । भविष्यमा समयले साथ दिएमा नेपालको शिक्षा क्षेत्रमा अझ बढी सहयोग गर्ने सोंच उनले बनाएका छन् ।
जीवनमा श्रेष्ठ सधैं केही न केही नयाँ–नयाँ सपना बुनिरहन मन पराउँछन् । नेपालमा रहँदा कृषि क्षेत्रमा गरेको कामको लगावले होला, अहिले नेपालमा उनले एग्रिकल्चर एण्ड फरेष्ट रिसर्च सेन्टर खेलेका छन् । नारायणी नदीले जग्गा कटान गरेको क्षेत्र नवलपरासीस्थित सेहरीमा ३० विघा जग्गामा पाउलोनिया प्लान्ट लगाउने लक्ष्य लिएका छन् भने जसमा १५ विघामा प्लान्ट लगाइसकेका छन् । त्यसो त उनले सिड्नीदेखि करिब एक घण्टाको दुरीमा पुगिने मिट्टागन भन्ने ठाउँमा केही जग्गा समेत लिएका छन् । त्यहाँ उनले होलिडे रिसोर्ट बनाउने सोंच राखेका छन् । सानो परिवार सुखी परिवारमा रमाएका श्रेष्ठको एक छोरा प्रमेज रहेका छन् । उनले पनि बुबाकै कन्सल्टेन्सीमा एउटा विभाग सम्हाल्दै आएका छन् भने जीवनसंगीनी प्रभा सिड्नी बिजनेस हाउसमा व्यस्थापक रहेर श्रेष्ठको हरेक काममा सघाउँ पु¥याउँदै आएकी छिन् ।

 


Nepal News Australia
334 views

सम्बन्धित समाचारहरु