Wednesday, June 12, 2024

प्रवासको नासो कतै आँशु कतै हाँसो


  • February 12, 2015


प्रवासको नासो  कतै आँशु कतै हाँसो

hkafle -हेमन्त काफ्ले

बादलमा पनि चाँदीको घेरा हुन्छ भने झैँ हरेक चीजको सकारात्मक र नकारात्मक कुराहरु हुन्छन् ।  प्रवासमा नकारात्मक पक्षहरु मात्र छैनन्, थुप्रै सकारात्मक पक्ष पनि छन्  ।

कुनै मानिसलाई कसैले धकेलेर वा जवरजस्ती विदेश पठाएको हुदैन रहर वा बाध्यता या मौकाको खोजिमा नै मानिस विदेसिन्छन् । आफ्नो प्रगति र उन्नतिका लागि अवसर खोज्दै थुप्रै राष्ट्रमा छरिएका छन् नेपाली ।

लाइफ स्टाइल सहज छ, भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी छ तर सबै चीज हुँदाहुँदै  पनि एउटा चीज नभएको जस्तो हुन्छ त्यो हो आफ्नोपन ।

प्रवासी जीवन सुइको घडीसँंर्गै दौड्ने गर्छ । अलार्म र घडीको सुइसँंगै हुइँकन नसक्दा धेरैले प्रवासलाई सरापेका छन् वा धिक्कारेका पनि छन् । विश्वको सबल अर्थतन्त्र भएका मुलुकहरु अमेरिका, अस्ट्रेलियामा त झन् समयको खेल नै बेग्लै हुन्छ । अर्थ आर्जनका लागि स्वप्नलोक मानिने र अस्ट्रेलिया र अमेरिकामा बस्ने नेपालीहरुको जीवनशैली पनि घडीको सुइभन्दा कम छैन एकदुई अपवादबाहेक । स्रोतमा प्रचुरता र अलौकिक भूगोल अनि भौतिक विकासले पनि अस्ट्रेलिया सबैको आँखाको तारो बन्दै गएको छ । विविध भौतिक सुखसुविधा भए पनि साधारण जीवनशैली सहज भने छैन प्रवासमा । समुन्द्रका किनारमा खिचिएका सुन्दर तस्वीर अनि गगनचुम्बी भवनमुनि कलेजी ओठलाई फोटोसपले लुकाएर फेसबुकमा पोष्ट गरिएका तस्वीरले स्वदेशमा फुर्ती बढाए पनि मनैदेखि खुसी भएकाहरु कमै देखीन्छन् यहाँं ।

विद्यार्थी भएर छिरेका प्रायः नेपालीहरु अमेरिका र अस्ट्रेलियाजस्ता विकसित देशमा यस्तो मायाजालमा फस्छन् कि उनीहरु न निक्लन सक्छन् न त उम्कन नै । प्रारम्भमा निकै कठिन विद्यार्थी जीवनपछि आवासीय भिसाको चक्करमा उनीहरुको लामो समय गुज्रिसकेको हुन्छ । केही बचाउँ वा केही गरौं भन्ने बेलामा युनिर्भसिटीको फी तिर्दै सकिन्छ, जब आवासीय भिसा प्राप्त हुन्छ तब उनीहरु पारिवारिक र किस्तामा फँसिसकेका हुन्छन् उनीहरु । जाउँं कसरी जाउँं, नजाउँ मातृभूमिको न्यास्रो बीचको त्यान्द्रोले छोएपछि प्रवासको जीवन एनआरएनको नाममा टिकट काटिन्छ ।

01_art
प्रारम्भमा पैसा कमाएर स्वदेश फिर्छु भन्ने कैयन नेपालीहरु यस्तै यस्तै चक्करमा रुमल्लिएर प्रवासी भएको हामीले नदेखेका होइन । तर प्रवासी जीवनमा रमाउने पनि उत्तिकै छन् र धिक्कार्नेको पनि कमी छैन यँहाँ ।
2015-02-12_1604492015-02-12_160504
व्यक्तिगत र अर्थिक सुरक्षा अनि काम गर्ने वातावरणका कारण पनि मानिसहरु स्वदेश फर्कन डराउँंछन् एकाउन्टेन्ट हरि पोखरेल प्रवासी जीवनका बारेमा यसरी आफ्नो धारणा राख्छन् । नेपालमा बस्नेभन्दा प्रवासमा बस्नेहरुलाई मुलुक प्राणभन्दा प्यारो हुन्छ । मानिस मुलुकको डाँंडाकाडाँं पाखापखेरा अनि संस्कार र संस्कृतिमा लालायित हुन्छन्, तर फर्कन उनीहरु सक्दैनन् । यहाँ एउटा यस्तो जीवनमा दौडिसकेका हुन्छन् जहाँं पूर्णविरामले उठिबास नै लाग्न सक्छ, करिब २० बर्षे अस्ट्रेलिया बसाइको भोगाइ सुनाए माइग्रेशन एजेन्टसमेत रहेका हरि पोखरेलले ।
उमेर र शरीरले यहाँको जीवनशैलीलाई जित्न सक्नुपर्छ जुन दिन कामलाई जितिदैन त्यो दिन हारेको सिपाही झंै मुन्टो निहारिउनुबाहेक केही हुँदैन यहाँं । हुनसक्छ यी कुराहरु केही नगन्य प्रतिशतमा लागू नहुन सक्छ तर लगभग शत प्रतिशतको भोगाइ यही नै हो प्रवासमा ।
क्यास झिकेर घर किन्न सकिदैन, किस्तामा सहजै पाइन्छ यहाँ । सुविधा थुप्रै छन् यहाँ नागरिकलाई । घर, गाडी, फर्निचर अनि आवश्यक सबै वस्तु किस्तामा सहजै पाइन्छ । तर किस्तामा बितेको जीवनले भने स्वतन्त्रता गुमाउँदो रहेछ, काठमाडौबाट उच्च अध्ययन सकेर आवासीय भिसासमेत लिएर आएका सरोज सुबेदीले आफ्नो अनुभव साटे ।
2015-02-12_160517 2015-02-12_160643

अब सबै जीवन किस्तामा चलेपछि त्यही अनुरुपको कमाउनुप¥यो, तिर्नुप¥यो, त्यसका लागि सोही अनुरुप काम गुर्नप¥यो अनि जुरुक्क उठेर कही जाउँं, स्वदेश फर्किउँ भन्ने साेंचको अवसान त्यही हुँंदोरहेछ, सरोजले आफ्नो अनुभव बाँंडे । ब्रिसबेनमा इन्जिनियरिङ पेशामा संल्गन ईश्वर कुइँकेल करिअरको खोजीमा विदेशिनु रहर नै बाध्यता भएको बताउँछन् । पेशागत दृष्टिकोणले निकै सन्तुष्ट रहेका ईश्वर जीवनमा केही चीज खट्किएको कुरालाई भने स्वीर्काछन् । उनी भन्छन्, प्रवासमा राष्ट्रियताको भावना बढी जाग्नुको पछाडि मानिसले केही चीज गुमाएको कारणले पनि हुनसक्ने बताउँछन् । समग्रमा ईश्वर यसलाई बाध्यताको हाँसो भन्न रुचाउँछन्, लाइफ स्टाइल सहज छ, भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी छ तर सबै चीज हुँंदाहुँंदै पनि एउटा चीज नभएको जस्तो हुन्छ त्यो हो आफ्नोपन, ईश्वरले यसरी आफ्नो भावना पोखे । युनिभर्सिटी अफ न्यु इङ्ल्यान्डबाट फाइनान्समा पिएचडी सकेर अध्यापन पेशामा संलग्न डा. रवी पौडेल अस्ट्रेलियाजस्तो मुलुकमा करिअर र व्यवसायिक दक्षताका आधारमा पाँंच प्रतिशत नेपाली सुखी र खुसी देखिए पनि ९५ प्रतिशत मानिस आत्मसन्तुष्ट नरहेको तर्क गर्छन् ।

सामाजिक सम्पत्तिका रुपमा रहेको संस्कार र संस्कृति गुमाउँदै गएको परिस्थितिमा थुप्रै हाम्रोजस्तो साना मुलुकबाट आएका मानिसहरु अबको ३० बर्षमा स्वास्थ्य समस्याबाट पीडित हुनसक्ने उनको तर्क छ । अहिले पैसाका लागि दिनरात नभनी काम गर्ने जमात अबको १५ बर्षपछि खराब स्वास्थ्यको समस्याबाट गुज्रन सक्छन्, त्यसले भविष्यमा कस्तो खाले परिणाम ल्याउँछ मैले बुझेको छैन, डा. रवीले आपूmले देखेका कुरा सुनाए । बिद्यार्थीहरु स्वास्थ्यको ख्याल नगरी दिनरात काम गरेको देखेको छु यो राम्रो होइन यसले निकट भविष्यमा मानसिक र शारीरिक रुपमा निकै ठूलो पार्छ । बच्चाको पढाइ र जीवनशैली राम्रो भए पनि जिउनका लागि गर्नुपर्ने संघर्ष निकै चुनौतीपूर्ण छ जुन हाम्रोजस्तो मुलुकसँंग कतइ मेल खाँदैन ।

सुशासन, सुरक्षा, उच्च जीवनशैली, बिजुली, पानीदेखि स्वास्थ्यसम्मका सुविधाका कारण पनि मानिस नलोभिने होइनन् । काम गरेपछि हप्तैपिच्छे पाइने दाम अनि कामको सम्मान आदि इत्यादि सबै छन् यहाँं । तर पनि प्रवासमा खट्किने कुरा भनेको हाम्रो सामाजिक जीवन, आत्मियता र राष्ट्रियता नै हो, अवर्नमा बसोबास गर्दै आएका प्रविण पौडेल अस्ट्रेलियाको एक दशकको भोगाइलाई यसरी सुनाउँछन् । अस्ट्रेलियाको सम्वन्धमा चिकित्सकीय पेशा सम्मानित मात्र हैन आर्थिक रुपमा पनि गर्विलो मानिन्छ । सामान्य एउटा जनरल फीजिसियनले बर्षको डेढ दुइ करोड सजिलै कमाउँछन् । तर यति हुँदाहँुदै पनि सबै कुरासँंग पैसालाई तौलन नमिल्दो रहेछ कहिलेकाहीं । २१ बर्षअघि मेडिकल छात्रवृत्ति पाएर अस्ट्रेलिया पसेका केशवमणि भट्टराई यतिखेर दुईदशक लामो अस्ट्रेलिया बसाइलाई चटक्कै छाडेर यसै महिना मातृभूमि फर्केका छन् ।

अस्ट्रेलियाको राजधानी क्यानबेराको सरकारी हस्पिटलमा सिनियर सर्जन रहेका केशवमणिलाई देशमै बसेर सेवा गर्न मन लागेछ । यतिखेर उनको भावना र निर्णयलाई डलर र रुपैयामा तौलन मिल्दैन । श्रीमती पुनम पन्त, छोरी काब्या र छोरा पारव सहित भट्टराइ परिवार स्वदेश फर्केका छन् । आपूmले सिकेको र जानेको कुरा आफ्नै देशमा गएर बाँड्न सके मन हलुका हुने थियो । प्रवासमा बसेर मुलुकका बारेमा निरासाजनक कुरा गर्नुभन्दा उही गएर केही आशावादी कार्यको थालनी गर्र्न सके माटोको मुल्य चुकाउन सकिन्छ कि भन्ने सोंच पलायो, केशवमणिले सुनाए ।

मुलुकमा बिसंगति र विकृति, राजनीतिक स्थिरता, कानुन तथा मानव अधिकार सम्मान, सम्वृद्धि अनि सुशासन कायम हुने हो भने थुप्रै नेपालीहरु किस्ताको जीवन छाडेर भए पनि स्वदेश फिर्ने थिए होलान् तर मुलुकको भाषिंदो परिस्थितिले पनि प्रवासिनु पर्ने बाध्यता रहिआएको पौडेलले बताए । अवसरको सृजना र श्रमको मूल्य अनि स्थायित्व कायम हुने हो भने विदेशिएका नेपालीले दिनरात नभनी अर्काका लागि खर्चिएको रगत र पसिना आफ्नै भूमिमा बगाउने थिए । बादलमा पनि चाँंदीको घेरा हुन्छ भने झंै हरेक चीजको सकारात्मक र नकारात्मक कुराहरु हुन्छन् ।
प्रवासमा नकारात्मक पक्षहरु मात्र छैनन्, थुप्रै सकारात्मक पक्ष पनि छन् प्रवासमा । ग्रानभिलका युवा व्यवसायी केशव सापकोटा विदेशीनुलाई अवसरको खोजीका रुपमा लिनुपर्ने बताउँछन् । पहाडबाट आयआर्जन र अवसरको खोजीमा भारत पस्ने र लाहौर गएर लाहुरे बन्ने परम्परासँंगै विदेशिन थालेको नेपाली समाज अहिले आफ्नो प्रगति र उन्नतिका लागि अवसर खोज्दै थुप्रै राष्ट्रमा छरिएको सापकोटाले बताए । विदेशमा बस्दा राष्ट्र, राष्ट्रियता र सामाजिक परिवेश खट्किने कुरा स्वभाविक रहेको बताउँदै सापकोटा भन्छन्, नेपाली समाजको विस्तार हुँंदै जाँंदा यहाँ पनि परम्परा र संस्कृति त्यही रुपमा अगाडि बढ्दै गएको छ । विवाह ब्रन्तबन्ध, अनि न्वारान र पास्नी, मन्दिर र पण्डित अहिले अस्ट्रेलियाको लागि नौलो विषय रहेन, सापकोटाले बदलिंदो परिवेशको चर्चा गरे ।

कुनै मानिसलाई कसैले धकेलेर वा जवरजस्ती विदेश पठाएको हुँदैन रहर वा बाध्यता या मौकाको खोजीमा नै मानिस विदेशिन्छन् । त्यसैले यसका लाभ र हानीका पक्षमा आआफ्नै तर्क र बितर्क पाइन्छन् । तर प्रवासी जीवन सोचेजस्तो सहज र भनेजस्तो कमाउ छैन भन्ने कुराको हेक्का भन्ने सबैले राख्नुपर्छ ।

अन्तमा तारादेवीकोे एउटा गीतलाई सम्झेर प्रवासी जीवनलाई विट मार्दा कसो होला ।
सोंचे जस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन ।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन ।
पीडाहरु बटुलेर रोइरहु जस्तो लाग्छ ।
खुसीहरु समेटेर हासीरहु“ जस्तो लाग्छ ।


Nepal News Australia
488 views

सम्बन्धित समाचारहरु