काठमाडौं । संविधानसभाको बैठकाा आज प्रश्नावली समितिको प्रतिवेदन पेश हुदैछ । दिउसो १ वजे बस्ने संविधानसभा बैठकमा प्रश्नावली प्रस्ताव निर्माण समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भइसकेको छ ।
राजनीतिक दलहरुलाई सहमति कायम गर्न सहज हुने गरी संविधानसभा बैठक डाकेर १० दिनका लागि स्थगन गर्ने तयारी गरिएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधवार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले सहमतिलाई प्राथमिकता दिँदै दलहरुको भावनाअनुसार संविधानसभा बैठक १० दिनका लागि स्थगन गर्ने संकेत जनाएका थिए । दलहरुबीच सहमतिका लागि संविधानसभाको बैठक आज बैठक बस्ने बेलासम्म केही त्यस्तो संकेत आइदिए आफू समय उपलब्ध गराउने पक्षमा रहेको खुलासा गरेका थिए ।
आजको संविधानसभा बैठकमा प्रस्ताव निर्माण समितिले पेस गर्ने प्रश्नावलीसहितको प्रस्ताव टेबुल भई भोलि नै दलहरुको भावनाअनुसार अनुमोदन हुनेछ । प्रस्ताव निर्माण समितिको प्रश्नावलीसहितको प्रस्ताव संविधानसभाले अनुमोदनको प्रक्रियामा लैजाँदा सिधै कार्यान्वयनमा लैजान सकिने भएपनि दलहरुबीचको सहमतिबाट अनुमोदन गराउने तयारी गरिएको छ ।