गुरुङ र मल्लिकद्वारा पदवहाली


  • February 11, 2015


गुरुङ र मल्लिकद्वारा पदवहाली

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले बुधवार पदवहाली गरेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयस्थित आयोगको कार्यालयमा उनीहरुले आयोगका सदस्यसहित एक कार्यक्रमकाबीच पदवहाली गरेका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष मल्लिकले लामो समयको प्रतीक्षापछि गठित आयोगले खुला, पारदर्शी, स्वतन्त्र एवम् निष्पक्ष रुपमा आफ्नो कार्य अघि बढाउने बताए । देशलाई द्वन्द्वबाट शान्तिमा परिणत गर्ने लक्ष्यका साथ आयोगले आफ्नो जिम्मेवारी पूरा गर्ने उनले उल्लेख गरे । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गुरुङले नेपालमा स्थायी शान्ति स्थापनाका लागि आयोगले आफूमा प्राप्त भएको जिम्मेवारीलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्ने बताए । शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव खुमराज पुञ्जाली र सत्य निरुपण आयोगका सचिव नरेन्द्रमान श्रेष्ठले आयोगका कामको प्रभावकारिताका लागि मन्त्रालय एवम् कर्मचारी प्रशासनका तर्फबाट सक्रियरुपमा सहयोग पुर्याउने बताए ।


NEPAL NEWS Team
222 views

सम्बन्धित समाचारहरु