Sunday, December 3, 2023

निरपधार अख्तियारको फन्दामा नपरोस : राष्ट्रपति


  • February 11, 2015


निरपधार अख्तियारको फन्दामा नपरोस : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामवरण यादवले भ्रष्टाचारीमाथि कारबाही चलाउँदा निरपराध व्यक्ति कुनै पनि हालतमा फस्न नहुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन् । अख्तियारको २४ औं स्थापना दिवसमा बुधबार भएको कार्यक्रममा राष्ट्रपतिले व्यक्तिको सम्मान र अधिकारमा ख्याल गर्न आग्रह गरे । ‘सय अपराधी छुटुन्,’ उनले भने, ‘तर, एक निरपराध व्यक्ति नफसोस् भन्नेमा अख्तियारको ध्यान जान सकोस् ।’ राष्ट्रपतिले अख्तियारलाई नीतिगत भ्रष्टाचारमाथि पनि कारबाही गर्न सुझाए । उनले संख्यात्मकभन्दा गुणात्मकतातिर ध्यान दिन पनि अख्तियारलाई सुझाव दिए ।

कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले अख्तियारले ठूला माछालाई छाडेर सानालाई समान्छ भन्ने गुनासो आएको भन्दै अख्यितार प्रमुख लोकमानसिंह कार्कीको ध्यानाकर्षण गराए । विकासको पैसा सदुपयोग हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पनि निर्दोषले दुःख नपाओस् भनेर ध्यानाकर्षण गराए ।
अख्तियार प्रमुख कार्कीले पूर्वाग्रही भएर आयोगले कारबाही नगरेको स्पष्ट पारे । ‘त्यस्तो भए देखाउनुस्’ उनले भने, ‘गल्ती सुधार गर्दै अघि बढ्छौं ।’ उनले अख्तियारले साना ठूला सबै भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

अख्तियारले पाँचवटा क्षेत्रीय कार्यालयसँगै बढी आर्थिक कारोबार हुनेसहित १० वटा कार्यालयबाट काम कारबाही अगाडि बढाएको बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीले भनेजस्तो निरपराध व्यक्तिलाई फस्न नदिने प्रतिबद्धता जनाए ।


NEPAL NEWS Team
489 views

सम्बन्धित समाचारहरु