Wednesday, June 19, 2024

आइएसले अमेरिकी महिलाको हत्यापछि ओबामा आक्रोसित


  • February 11, 2015


आइएसले अमेरिकी महिलाको हत्यापछि ओबामा आक्रोसित

वासिंटन । इस्लामिक आतंकवादी समूह आइएसको कब्जामा रहेकी २६ वर्षीया अमेरिकी महिला क्याला जिन मुलरको हत्या भएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुलरको हत्याप्रति दुस्ख व्यक्त गरेका छन् । उनले बन्धक बनाइएकी अमेरिकी महिलाको हत्या गर्ने आईएससंग बदला लिएरै छाड्ने उदघोषा गरेका छन् । मुलरको हत्या पुष्टि भए लगत्तै राष्ट्रपति ओबामाले प्रतिक्रिया दिदै भनेका छन्, ‘आइएसको यो क्रियाकलाप साह्रै घृणित र विश्वका कुनै पनि नागरिकका लागि सहन नसक्ने स्थिति हो ।’ २६ बर्षीया अमेरिकी महिला मुलरलाई सिरियामा राहत सामग्री वितरणका क्रममा आईएसले सन् २०१३ मा एल्लोपो शहरबाट आफ्नो कब्जामा लिएको थियो । मुलरको हत्याले उनको परिवारजनमा रुवाबासी छाएको छ । मुलरको रिहाइको लागि आइएससँग पटक पटक अनुनयविनय गर्दा पनि हत्या गरेकोप्रति आइएसको भूललाई भगवानले समेत माफी नदिने बताएको छ । यसअघि अमेरिकी महिला मुलरको जोर्डनी हवाई आक्रमणमा मारिएको आईएसले ट्वीटर मार्फत जानकारी दिएको थियो ।


NEPAL NEWS Team
263 views

सम्बन्धित समाचारहरु