विपक्षी समय गुजार्दै : उपप्रधानमन्त्री सिंह


  • February 11, 2015


विपक्षी समय गुजार्दै : उपप्रधानमन्त्री सिंह

कालिकोट । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधान निर्माणमा लाग्न छाडेर विपक्षी दलहरु टिका टिप्पणीमा उत्रिएर समय गुजार्ने काममा लागिरहेको आरोप लगाएका छन् ।

प्रेस युनियनले बुधबार बिहान मान्ममा गरेको पत्रकार सम्मेलनमा सिंहले वार्ता र संवादका लागि प्रधानमन्त्री सुशील कोइरालाले गरेको आग्रहलाई कमजोरी नठान्न विपक्षी मोर्चालाई चेतावनी समेत दिए ।

वार्तामा आएर संविधान लेखन प्रक्रियामा सामेल हुन विपक्षीलाई आग्रह गर्दै उनले भने, ‘प्रधानमन्त्रीले गरेको आग्रहलाई कमजोरीकोरुपमा लिएर हल्का टिका टिप्पणी गर्ने र समय गुजार्ने काम भइरहेको छ, संविधान निर्माणमा अवरोध सिर्जना गरे विपक्षी दलले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
प्रक्रिया र सहमति सँगसँगै हुने बताएका उपप्रधानमन्त्री सिंहले प्रक्रिया रोकेर सहमतिमा जान नसकिने जिकीर गरे । विश्वमा कहिं पनि सडकबाट संविधान निर्माण हुन नसकेको भन्दै सिंहले सहमतिमा आउन विपक्षीलाई दोहोर्याए ।


NEPAL NEWS Team
219 views

सम्बन्धित समाचारहरु