Wednesday, June 12, 2024

राष्ट्रपति र सभाध्यक्षबीच भेटवार्ता, प्रश्नावलीमा तत्काल मतदान नहुने


  • February 11, 2015


राष्ट्रपति र सभाध्यक्षबीच भेटवार्ता, प्रश्नावलीमा तत्काल मतदान नहुने

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र संविधान सभाका सभाध्यक्ष सुवास चन्द्र नेम्बाङबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति यादव र सभाध्यक्ष नेम्बाङबीच भेटवार्ता भएको शीतल निवासले जनाएको छ । भेटमा संविधान निर्माणबारे राष्ट्रपतिले सभाअध्यक्षसँग चासो व्यक्त गरेको बुझिएको छ । संविधानका विवादित विषयमा प्रस्ताव निर्माण समितिले प्रश्नावलीको प्रतिवेदन सभाध्यक्ष सुवास नेम्बाङलाई बुझाए पनि ती प्रश्नमाथि तत्काल मतदान नहुने संविधानसभा अध्यक्ष नेम्वाङले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
एमाओवादी नेतृत्वको मोर्चाको सहभागिताबिना प्रस्ताव निर्माण समितिले संविधानका विवादित विषयमा प्रश्नावली तयार पारेर सभाध्यक्ष नेम्बाङलाई बुझाइसकेको छ भने सभाध्यक्ष नेम्बाङले प्रश्नावलीसहितको प्रतिवेदन पेस गर्न बिहीबार संविधानसभा बैठक बोलाएका छन् । उक्त दिन जेष्ठ सदस्य कुलबहादुर गुरुङले समिति प्रस्ताव राख्ने, बैठकले अनुमोदनमात्र गर्ने र सहमतिका लागि समय दिने तयारी भइरहेको संविधानसभा सचिवालय स्रोतले जनाएको छ । तर दलहरुका बीचमा सहमति आवश्यक रहेको भन्दै छलफल लामो बनाउने राष्ट्रपति यादवलाई नेम्वाङले जानकारी गराएका थिए ।


NEPAL NEWS Team
257 views

सम्बन्धित समाचारहरु