मेलमिलाप र बेपत्ता आयोग पदाधिकारीले सपथ लिँदै


  • February 11, 2015


मेलमिलाप र बेपत्ता आयोग पदाधिकारीले सपथ लिँदै

काठमाडौं । नवगठित आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोगका पदाधिकारीहरुले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन । सर्वोेच्च अदालत परिसरमा प्रधानमन्यायाधीश रामकुमार प्रसाद शाहले बुधबार अपराह्न साढे ४ बजे सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यक्ष सुर्यकिरण गुरुङ र बेपत्ता नागरिक छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउन लागेका हुन् । गुरङ संसद् सचिवालयका पूर्वमहासचिव तथा पूर्व राजदुत हुन् भने लोकेन्द्र मल्लिक पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश हुन् । प्रधानन्यायाधीशले सपथ गराएपछि अध्यक्षद्वयले आफू मातहतका सदस्यहरुलाई पनि सपथ गराउने कार्यक्रम रहेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगको सदस्यमा वरिष्ठ अधिवक्ता लिला उदासी, अधिवक्ता श्रीकृष्ण सुवेदी, समाजशास्त्री डा. माधवी भट्ट र उपप्राध्यापक मञ्चला झा रहेका छन् । यस्तै बेपत्ता नागरिक छानविन आयोगको सदस्यमा विजुल विश्वकर्मा दुलाल, प्रा. डा. विष्णु पाठक, अधिवक्ता नरकुमारी गुरुङ र अधिवक्ता आईबहादुर गुरुङ रहेका छन् ।
सरकारले माओवादी युद्धकालमा भएका घटनाको छानबिन गर्न गठित उक्त दुई आयोगको कार्यकाल दुई वर्ष रहेको र आवश्यक परेको अवस्थामा अर्को एक वर्ष थप्न सकिने संवैधानिक व्यवस्था रहेको छ । २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोग गठन गर्ने उल्लेख गरिएकामा शान्ति सम्झौता भएको ८ वर्षपछि बल्ल आयोग गठन गरिएको हो ।


NEPAL NEWS Team
302 views

सम्बन्धित समाचारहरु