आम आदमी पार्टीको अभूतपूर्व जित, १५ बर्ष शासन गरेको कांग्रेसको शून्य सिट


  • February 10, 2015


आम आदमी पार्टीको अभूतपूर्व जित, १५ बर्ष शासन गरेको कांग्रेसको शून्य सिट

भारत । भारतमा करिब ३ बर्ष अगाडी गठन भएको भ्रस्टाचार बिरोधि अभियानमा सक्रिय दल आम आदमीले दिल्ली बिधानसभा निर्वाचनमा अभूतपूर्व जित दर्ता गरेको छ । मतगणना अनुसार आम आदमीले कुल ७० सिट मध्ये ६७ सिटमा जित दर्ता गरेको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले ३ सिट मात्र जितेको छ । भारतीय जनता पार्टीका मुख्य मन्त्रीकि उमेदवार किरण बेदीनै आपका उमेदवार संग पराजित भएकि छन् ।
मत परिणाम अनुसार १५ बर्ष दिल्लीमा शासन सञ्चालन गरेको कांग्रेस भने कुनै स्थानमा पनि जित हासिल गर्न सकेन । कांग्रेसका ६१ उमेदवारको जमानत समेत जफत भएको छ ।
अभूतपूर्ब रुपमा जित दर्ता गरेको आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल अव दिल्लीको मुख्य मन्त्री बन्ने भएका छन । जित संगै अरविन्द केजरीवाललाई प्रधानमन्त्री नरेन्द्र मोदीले जितको लागि बधाई दिदै चियाको लागि निमन्त्रणा समेत गरेका छन् । केजरीवाललाई कांग्रेसका सोनिया गान्धी तथा राहुल गान्धीले समेत बधाइ दिएका छन् ।
यसअघि भएको भारतको विधानसभाको चुनावमा २८ सिट जितेको आम आदमीका केजरीवाल ४९ दिनसम्म मुख्यमन्त्री बनेका थिए । कांग्रेसको समर्थनमा दिल्लीमा सरकार बनाएका केजरीवालले केहि महत्वपूर्ण कार्य समेत गरेका थिए ।
अघिल्लो चुनावमा ३२ सिट जितेको भाजपाले भने यस पटक ३ सिटमा खुम्चिएको छ । केन्द्र सरकारको नेतृत्व गरेको भाजपाले अरवेन्दी केजरीवाललाई सक्दो सहयोग गर्ने जनाएको छ ।
जित संगै अरविन्द केजरीवालले कांग्रेस र भाजपाको अहंकारका कारण जनताले उनीहरुलाई साथ नदिएको र पाँच बर्षमा आफुले काम गर्न नसके र अहंकार देखाए यस्तै हालत हुने प्रतिक्रिया दिएका छन् ।


NEPAL NEWS Team
261 views

सम्बन्धित समाचारहरु