हस्ताक्षर कीर्ते गरेर मालदारलाई सभासद बनाइयो : प्रभु साह


  • February 10, 2015


हस्ताक्षर कीर्ते गरेर मालदारलाई सभासद बनाइयो : प्रभु साह

काठमाडौं । एमाओवादीका पोलिटब्यूरो सदस्य प्रभु साहले ल्हारक्याल लामालाई सभासद बनाउँदा केन्द्रीय सदस्यहरुको हस्ताक्षर कीर्ते गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै एमाओवादी नेता साहले मधेसी दलितको कोटा खोसेर ‘मालदार’ एवं विवादास्पद व्यक्तिलाई सभासद बनाइएको भन्दै एमाओवादी नेतृत्वको आलोचना गरेका छन् ।

‘पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्ताव एवं छलफल त के, सामान्य जानकारी नै नगराएको विषयलाई केन्द्रीय समितिको निर्णय भनेर केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पुस्तिका निर्वाचन आयोगमा पेश गर्नुलाई चरम लापरवाही, अविश्वास एवं भद्दा छलछामबाहेक अरु के भन्ने रु’ साहद्वारा जारी वक्तव्यमा भनिएको छ, यसले केन्द्रीय समितिको अपमानमात्र गरेको छैन, सिंगै पार्टीलाई नै नैतिक कठघरामा उभ्याइदिएको छ ।’

एमाओवादी नेता साहले भनेका छन्( ‘मधेसी त्यसमा पनि दलित कोटालाई जबरजस्ती खोसी मालदार एवं विवादास्पद व्यक्ति ल्यारकयाल लामालाई गरेको नियुक्तिको सिफारिसले सिंगै पार्टीको मधेसीप्रतिको प्रतिवद्धता एवं गरीब दलित प्रतिको प्रतिवद्धताको साह्रै उपहासमात्रै गरेको छैन, प्रचलित कानूनको समेत उल्लंघन भएको छ ।’

पार्टीले यसअघि पूर्वमन्त्री एवं पूर्व सभासदलाई सिफारिस नगर्ने भनी गरेको निर्णय उल्लंघन भएको साहले बताएका छन् । साहले ल्हारक्याललाई सभासद बनाउने निर्णय तत्काल सच्याउन नेतृत्वसँग माग गरेका छन् । नेताले जे पनि गर्न सक्दारहेछन्

ल्हारक्यालविरुद्ध आयोजित पत्रकार सम्मेलनमा साहले एमाओवादीविरुद्ध तराई मधेसमा ठूलो माहोल बन्दै गैरहेका बेला पार्टीको यो निर्णयले त्यसलाई थप बल पुर्‍याएको बताएका छन् ।

उनले मधेसी दलित कोटामा गरिएको यो नियुक्तिलाई स्वीकार्न नसकिने बताए । यो घटनाले कीर्ते हस्ताक्षर गरेर नेताहरुले जे पनि गर्न सक्दा रहेछन् भन्ने कुरा देखिएको भन्दै उनले आफ्नै नेतृत्वको आलोचना गरे ।


NEPAL NEWS Team
325 views

सम्बन्धित समाचारहरु